Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मड्रिड, बैशाख ।
साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि समग्रमा ४–२ को जितसहित रियल मड्रिड फाइनलमा पुगेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा पहिलो हाफमा नै दुई गोल गर्दै एथ्लेटिको मड्रिडले खेलमा फर्किने राम्रो प्रयास गर्‍यो । एथ्लेटिकोका लागि १२ औं मिनेटमा साउल निगुएज र १६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे । २–० ले पछि परेको रियलका लागि टोनी क्रसको पासमा इस्कोले ४२ औं मिनेटमा गोल गरे ।
करिम बेन्जिमाको सुन्दर प्रहार एथ्लेटिकोका गोलरक्षकले बचाउ गरे । एथ्लेटिकोका केविन गामेइरोले गोल गर्ने सुन्दर दुई मौका गुमाए । इस्काले महत्वपूर्ण अवे गोल गरेपछि अग्रता लिए पनि पहिलो लेगमा अवे मैदानमा ३–० ले पराजित भएकाले फाइनल पुग्नका लागि एथ्लेटिकोले थप तीन गोल गर्नु पर्ने थियो ।
तर उसले थप गोल गर्न सकेन र रियल मड्रिड समग्रमा ४–२ ले विजयी हुँदै फाइनलमा पुग्यो । पछिल्लो चार सिजनमा तेस्रो पटक फाइनलमा पुग्ने एथ्लेटिको सपना टुट्यो । रियल मड्रिडले अब उपाधिका लागि फाइनलमा इटालियन क्लब युभेन्टससँग आउँदो जुन ३ मा कार्डिफमा खेल्ने छ । यसपटक पनि उपाधि जिते रियल मड्रिड लगातार उपाधि जित्ने पहिलो टिम बन्नेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply