Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

कास्की– स्थानीय चुनाव नजिकिनुसँगै नेपाली  कांग्रेस पोखरामा युवा उद्यमी, समाजसेवी र युवा नेता हरिराज पन्तको पार्टी प्रवेशले नयाँ तरंग ल्याएको छ । नेता पन्त यस अघि नयाँ शक्ति पार्टीको प्रदेश नं. ४ का उद्योग वाणिज्य महासंघ संयोजक हुनुहुन्थ्यो ।
पोखरामा आयोजित एक कार्यक्रममा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले युवा नेता पन्तलाई कांग्रेसमा प्रवेश गराउनुभएको हो ।
जन्मस्थान लमजुङ उदीपुरका नेता पन्त नेपाली कांग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी हरि सिलवालका नाति हुन । पार्टी प्रवेशपछि उहाँले भन्नुभयो– ‘म केवल आफ्नो घर फर्केको हुँ ।’ आफ्नो विगत नेपाली कांग्रेसकै सेरोफेरोमा रहेपनि विविध कारणले विगतमा टाढा रहेपनि अब आफू मूलधारमै समर्पित रहने जनाउनुभयो ।
पार्टी सभापति शेरबहादुर देउवा लगायत स्थानीय नेताहरुसँग छलफल पश्चात आफ्नो भूमिका खोज्ने बताउँदै पन्तले भन्नुभयोः ‘अब पोखरामा कांग्रेसको जित शुनिश्चित छ ।’
युवा नेता पन्तको प्रवेशलाई नेता पौडेल लगायतले पार्टीको लागि एउटा महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गरेका छन् ।  

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply