Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, बैशाख ।
युभेन्टस च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २–१ ले हराउँदै समग्रमा ४–१ को जितसहित युभेन्टसले फाइनलमा स्थान बनाएको हो । 
घरेलु मैदानमा भएको खेलमा इटालिय सिरी ए क्लब युभेन्टसलाई जिताउन मारिओ मान्जुकी र डानी एल्भेसले गोल गरे ।फ्रेन्च लिग वान क्लब मोनाकोका लागि केलिएन एमबाप्पेले एक गोल फर्काए । युभेन्टसले दुवै गोल पहिलो हाफमा नै गरेको थियो । 
३३ औं मिनेटमा मान्जुकीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । ४४ औं मिनेटमा एल्भेसले गोल गर्दै अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा एमबाप्पेले मोनाकोका लागि एक गोल फर्काए । 
पहिलो लेगमा युभेन्टसले मोनाकोलाई उसकै मैदानमा २–० ले हराएको थियो । युभेन्टस पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको हो । युभेन्टसले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । सन् २०१५ मा फाइनलमा पुगेको युभेन्टस बार्सिलोनासँग ३–१ ले परातिज भएर उपविजेतामा सीमित भएको थियो । 
युभेन्टसले आउँदो जुन ३ मा हुने फाइनलमा रियल मड्रिड वा एथ्लेटिको मड्रिडसँग खेल्ने छ । पहिलो लेगमा ३–० ले विजयी भएको रियल मड्रिड फाइनलमा पुग्ने सम्भावना बलियो छ । दोस्रो लेग बुधबार राति हुँदैछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply