काठमाडौं, बेशाख । पहिलाे चरणमा बैशाख ३१ गते हुने स्थानीय चुनावको लागि उम्मेदवारहरु भोट बटुल्न प्रचार प्रसारमा जुटेका छन् । उनीहरुले आफूहरुलाई भोट हालेर विजयी गराउन आग्रह गर्दै घरदैलो कार्यक्रममा सहभागी भएका हुन् ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २९ का कांग्रेस उम्मेदवारहरुले वृहत ¥यालीसहित शनिबार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । उनीहरूले मैतीदेवीबाट हनुमानस्थानसम्म चुनावी प्रचार ¥याली निकाल्दै चुनाव चिन्ह रूखमा छाप लगाइ अत्याधिक बहुमतले जिताउन अाग्रह गरे ।
उनीहरूले चुनावलाई लक्षित घर दैलो कार्यक्रममा आ–आफ्ना विकास निर्माणका भावी योजना स्थानीयसँग सुनाउँदै आफूलाई विजयी गराउन आग्रह गरे ।
घर दैलो कार्यक्रममा वडा अध्यका उम्मेदावर कुश ढकाल, सदस्यहरू अर्जुन बहादुर श्रेष्ठ, इन्द्र कर्माचार्य, महिला सदस्य शुशिला ढकाल र दलित महिला सदस्य संगिता पुजारी लगयत स्थानीय बुद्धिजिवी, नेता तथा कार्यकर्ता उपस्थित भएका थिए ।
उनीहरुले मुलुकको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसलाई अत्याधिक बहुमतले विजयी गराउन मतदाताहरुसँग आग्रह गर्दै कांग्रेसको भावी योजना तथा रणनीतिका विषयमा जानकारी गराएका थिए ।
0 Comments