Ticker

6/recent/ticker-posts

बन्दिपुरका बालबालिकालार्इ रियान र रेयाकाे सहयाेग

तनहुँ,  बैशाख । बन्दिपुर—५ थुम्कास्थित श्री कालिका प्राथमिक विद्यालयमा पढ्ने ४० साना विद्यार्थीलाई दिउँसोको खाजा खानको लागि खर्च दिने दाता अरु कोही नभएर बेलायतको हारबर्न, बर्मिघंमका साना केटाकेटी रियान र रेया पिया रहेका छन् ।
उनीहरु नेपालका वरिष्ठ क्यान्सर तथा छातीरोग विशेषज्ञ डा.मदनकुमार पिया र इला पियाका नाति नातिनी हुन भने बेलायतमा बस्दै आएका डा.मिलन र डा.रोजिना श्रेष्ठ पियाका छोरा छोरी हुन् ।
आफ्ना बाजेको पुख्यौंली गाऊँ बन्दिपुरमा रहेको सो विद्यालयलाई उनीहरुले आफ्नो खाजा खर्च जोगाएर मासिक ३ देखि ४ हजार नेपाली रुपैयाँ बराबरको खाजाको व्यवस्था गरिराखेको उनीहरुका हजुरबुबा डा.मदन पियाले बताए ।  रियान र रेया दाजुवहिनीले आफुजत्रै बन्दिपुरे विद्यार्थीहरुलाई मासिक ३० स्टर्लिङ्ग पाउण्ड अर्थात ३० बेलायती रुपैयाँ पठाउँछन । ‘कहिलेकाँही नाति नातिनीले पठाउँछन, कहिले आफैंले पठाउछु’—डा.पियाले भने ।
डा. पियाकै सकृयतामा भूकम्पबाट क्षतिग्रस्त सो विद्यालय भवनलाई भत्काएर नयाँ ५ कोठे भवन बनाउन सिङ्गापुरका रोटरियन डा.थाम मेङ्ग किटको पहलमा एङ्गलो चाइनिज स्कुल सिंगापुरले करीव १५ लाख रुपैयाँ खर्चेका थियो भने तिनै साना बेलायती केटाकेटी रियान र रियाले २०१५ को डिसेम्बरमा नेपाल घुम्न आउँदा विद्यालय भवनको शिलान्यास गरेका थिए ।
आफ्ना नाति नातिनीले शिलान्यास गरेको विद्यालय भवनको डा.मदनकुमार पियाले हालै उद्घाटन गरेका हुन । प्रशिद्ध पर्यटकिय स्थल बन्दिपुरको थुम्कामा रहेको सोविद्यालयमा वरिपरिका ४० जना केटाकेटी पढ्ने गरेका छन भने विद्यालयमै दिइने दिउँसोको खाजाका कारण उनीहरु विद्यालय आउन हौसिएका छन् । खाजाका दाता रयान र रेया पनि सानैदेखि जानीनजानि समाजसेवा गर्न इच्छुक देखिन्छन ।

Post a Comment

0 Comments