Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,बैशाख ।
प्रधानन्यायाधीश सुशिला कार्कीमाथिको महाअभियोग प्रस्तावपछि छलफल गर्न विभिन्न राजनीतिक दलले आन्तरिक बैठक बोलाएका छन् । सत्तारुढ दल माओवादी केन्द्रले कार्यालयको आकस्मिक बैठक बोलाएको छ । बैठकमा  महाअभियोग प्रस्ताव र त्यसपछिको राजनीतिक अवस्थाबारे छलफल हुनेछ । 
यस्तै महाअभियोग प्रस्तावलाई गलत भनेको अर्को सत्तारुढ घटक राप्रपाले सरकार छोड्ने नछोड्नेबारे निर्णय गर्न केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकले सरकारबाट बाहिरिने नबाहिरिने बारे निर्णय गर्ने जनाइएको छ । आइतबार सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पारित गर्ने नगर्ने विषयमा राप्रपाभित्र विवाद देखिएको विषयमा पनि छलफल हुनेछ । पार्टीले संसद बैठकमा अनिवार्य उपस्थित हुन ह्विप लगाएपनि १० जना सांसद संसद बैठकमा उपस्थित भएका थिए । 
यस्तै एमालेको स्थायी समिति बैठक पनि सोमबार बस्दैछ । महाअभियोग गलत भएको बताएको एमालेले स्थायी समिति बैठकबाट यसबारे आधिकारिक धारणा बनाउनेछ । 
यस्तै आइतबार नेपाली कांग्रेसले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र कांग्रेस नेतासमेत रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएको सम्बन्धमा छलफल भएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply