काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्याशुन्दर शाक्य र उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्डी विजयी भएका छन् ।
शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराजले ४५ हजार २६९ मत पाए । त्यस्तै, मेयरकै अर्की उम्मेदवार विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो भइन् ।
उनले २३ हजार ४३९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसले हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित भइन् । उनले ५८ हजार ९५२ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए भने तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् ।
गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको चुनाव अन्तर्गत काठमाडौं महानगरका मत गणना जेठ १ गतेदेखि थालिएको थियो । झण्डै १४ दिन चलेको मत गणनाको औपचारिक घोषणा आइतबार बिहान भएको हो ।
0 Comments