Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, बैशाख ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई‘कठिन परिस्थिति राम्रोसँग सामना गर्ने अत्यन्त चलाख नेता’ भनेका छन् । अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको कुराकानीमा ट्रम्पले उत्तर कोरियाली नेताले सानो उमेरमै सत्ता सम्हालेको र यस्तोमा पनि केही अत्यन्त कडा व्यक्तिको सामना गर्नुपरेको बताए । 
उत्तर कोरियाविरुद्ध अमेरिकाले सैन्य कारवाही गर्ने चर्चा चलिरहेको विषयमा भने ट्रम्पले स्पष्ट जवाफ दिएनन् । उत्तर कोरियाको सहयोगी चीनले उत्तर कोरियालाई परमाणु र सैन्य गतिविधि कम गर्न दबाब दिए पनि त्यो सफल नभएको उनको भनाइ थियो । उत्तर कोरियाले पछिल्लो दुई हप्ताभित्र दुई पटक गरेको मिसाइल परीक्षण असफल भएको छ ।
उत्तर कोरियाले लामो दूरीको मिसाइलमा साना परमाणु हतियार राख्न सकिने गरि बनाउने कोशिस गरिरहेको छ । यसको मार हान्ने क्षमता अमेरिकासम्म पुग्ने विश्वास गरिएको छ ।
कोरियाली प्रायद्वीपमा अहिले तनावको स्थिति छ । उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरिरहेको छ भने छैटौं परमाणु परीक्षण गर्ने चेतावनी दिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply