Ticker

6/recent/ticker-posts

चेल्सी प्रिमियर लिग च्याम्पियन

एजेन्सी, बैशाख ।
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले दुई खेल बाँकी हुँदै उपाधि जितेको हो । चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिम तिर गरेको गोल निर्णयक बन्यो । अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा गोल रहित बराबरीमा रोकियो । 
दोस्रो हाफमा पनि गोल गर्न निकै संघर्ष गर्नु पर्‍यो । तर सबस्टिच्युडको रुपमा मैदान आएका बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए । एन्टोनी कोन्टेको टिम चेल्सीका लागि विजयी गोल गरेका बात्सुई यही सिजन मार्सेइलीबाट चेल्सी आएका हुन् । बात्सुईको गोल पछि चेल्सीका समर्थक, खेलाडी तथा प्रशिक्षक निकै उत्साहित भएका थिए । प्रिमियर लिगको उपाधि जितेको चेल्सीले अर्को उपाधिको पनि तयारी गरेको छ । 
चेल्सीले यही मे २७ मा एफए कपको उपाधिका लागि आर्सनलसँग खेल्दैछ । चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक लिगको उपाधि जितेको हो । उसले सन् २०१४–१५ को सिजनमा पनि उपाधि जितेको थियो । गएको सिजन खराब प्रदर्शन गरेको चेल्सीले यो सिजन भने सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको थियो । लिगका दुई खेल बाँकी हुँदै उपाधि जितेको चेल्सीको ८७ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको तीन खेल बाँकी हुँदा ७७ अंक छ ।

Post a Comment

0 Comments