Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

कामाठाडौं, जेठ । एसओएस वालग्राम अन्तर्राष्ट्रियका अध्यक्ष सिद्धार्थ कौल साताव्यापी निरीक्षण÷अवलोकन भ्रमणका क्रममा आइतबार नेपाल आईपुगेका छन् । उनी १३४ मुलुकमा विस्तारित वालवालिकाको मायालु घरको रुपमा परिचित एसओएस वालग्रामको अन्तर्राष्ट्रिय अध्यक्ष हुन ।

अध्यक्ष कौलका साथमा एसओएस बालग्राम अन्तर्राष्ट्रियको एशिया क्षेत्रकी निर्देशक शुभा मुर्ति पनि आजै काठमाण्डौ आएकी छिन् । उनीहरुलाई एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्ग, वालग्रामको सानोठिमीका निर्देशक खगेन्द्रकुमार नेपाल र वालग्रामको विभिन्न घरका आमा तथा केटाकेटीले एसओएस वालग्राम नेपालको हाता सानोठिमीमा स्वागत गरेका थिए ।

२०७२ बैशाख १२ र ३१ मा गएको विनासकारी महाभूकम्पमा धेरै वालवालिकाको बाबुआमा गुमेको, उनीहरुको धनसम्पत्ति नोक्सान भएको अवस्थामा एसओएस वालग्राम नेपालले गरेका तत्काल उद्धार, राहत र पुर्नस्थापनको कार्यको साथै वालग्राम नेपालले निर्माण गर्न लागेका सरकारी विद्यालय र नीजि घरहरुको अवलोकन तथा दुईवर्षे कार्यको समिक्षा गर्ने सिलसिलामा अध्यक्ष कौलसहितको टोली नेपाल आएको हो ।

भूकम्प पीडित वालवालिका र उनीहरुका परिवारलाई लक्षित गरि एसओएस वालग्राम नेपालले २०७२ बैशाख १३ देखि नै आकस्मिक सम्बोधन कार्यक्रम अर्थात एमरर्जेन्सी रेस्पोन्स प्रोग्राम सञ्चालन गरेको थियो ।

जसअन्तर्गत भूकम्प पीडित वालवालिकालाई तत्काल राहतस्वरुप दिवा शिशु स्याहार, उनीहरुलाई अस्थायी खानेवस्ने व्यवस्था, शैक्षिक सामाग्री, न्यानो कपडा, त्रिपाल तथा कम्बल, दलित तथा उत्पीडित र गरीव परिवारको लागि आवश्यक पर्ने सम्पूर्ण सामानसहितको बाकस ‘होम इन अ बक्स’ वितरण गर्नुका साथै भूकम्पबाट क्षतिग्रस्त सामुदायीक विद्यालयको पुनर्निर्माणका साथै केही जिल्लामा नयाँ विद्यालय भवन समेत बनाईदिएको थियो ।

२०७३ सालदेखि एओएस वालग्राम नेपालले आफ्नो आर्थिक लगानीमा विभिन्न जिल्लाका भूकम्प पीडितहरुका लागि नीजि घरहरु पनि बनाईदिँदैछ । अन्तर्राष्ट्रिय अध्यक्ष कौल र क्षेत्रीय निर्देशक मुर्तिको टोलीले वालग्रामले बनाइदिन लागेका नीजि घर र सामुदायीक विद्यालयहरुको निरीक्षण पनि गर्ने कार्यक्रम रहेको छ । 

यसक्रममा उनीहरु सिन्धुपाल्चोक र दोलखाका विभिन्न गाउँहरुमा जाने कार्यक्रम रहेको एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्गले बताए । विनासकारी महाभूकम्पपछि एसओएस वालग्राम नेपालले तत्कालैदखि गरेको कार्य नेपालको सामाजिक क्षेत्रमा निश्वार्थ र उदाहरणीय भएको चर्चा गरिन्छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply