Ticker

6/recent/ticker-posts

बानियाँटारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौ, जेठ ।
बानियाँटारमा शनिवार बिहान ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ। बिहान ५ बजेतिर बाटामा हिँडिरहेको अवस्थामा तीव्र गतिमा आएको मिनीट्रकले ठक्कर दिँदा तनहुँ व्यास नगरपालिका घर भई हाल बानियाँटार बस्दै आएका ३५ वर्षीय ऋषिराम पण्डितको मृत्यु भएको हो।
उनलाई बा २ ख ५७३० नंम्वरको मिनीट्रकले ठक्कर दिएको स्थानीयवासीले बताएका छन् । स्थानीयका अनुसार ट्रक र चालकलाई अहिले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नियन्त्रणमा लिएको छ। घटनाको विरोधमा अहिले बानियाँटार क्षेत्रमा चल्ने सवारीसाधनलाई समेत चल्न रोक लगाइएको छ।

Post a Comment

0 Comments