Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी,बैशाख ।
उत्तर कोरियाले एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको पुष्टि गरेको छ । आफ्नो देश विरुद्ध शत्रुतापूण व्यवहार गरेकाले अमेरिकी नागरिक किम हक–सङलाई पक्राउ गरिएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । उत्तर कोरियाको प्योङयाङ युनिभरसिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा कार्यरत रहेका किमलाई शनिबार पक्राउ गरिएको केसिएनएले जनाएको छ । 
उत्तर कोरियामा अहिले अरु तीन अमेरिकी नागरिक पनि बन्दि अवस्थामा छन् । त्यसमा पियुएसटीमा अध्यापन गराउने किम साङ–डुकसहितका छन् । अमेरिकाले कठपुतलिको रुपमा प्रयोग गर्नका लागि उत्तर कोरियाले आफ्ना नागरिकलाई पक्राउ गरेको आरोप लगाएको छ । उत्तर कोरियाले पक्राउ परेकाको सम्बन्ध अनुसन्धान भइरहेको जनाएको छ । तर अरु केही जानकारी भने दिएको छैन ।
अमेरिकाको विदेश विभागले उत्तर कोरियामा आफ्ना नागरिक पक्राउ परेको सम्बन्धमा जानकार रहेको र प्योङयाङमा रहेको स्वीडिस दूतावाससँग समन्वय गरेर उनीहरुलाई छुटाउने प्रयास भइरहेको जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply