Ticker

6/recent/ticker-posts

जेठ ३१ को चुनाव एक साता पर सार्ने प्रमुख दलको तयारी

काठमाडौ, जेठ ।
आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचन केही दिन सर्ने लगभग पक्का भएको छ । चुनावको मिति सारेर भएपनि आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई सहभागी गराउन प्रमुख दलहरु सहमति नजिक पुगेका छन् ।
राजपाले चुनावमा सहभागिता हुने संकेत दिएको छ । तर, प्रतिवद्धता जनााएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालको आहृवानमा सत्तारुढ कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, प्रमुख विपक्षी एमाले र राजपाका नेताहरु सहभागी थिए ।
सत्तारुढ दलका एक नेताका अनुसार चुनावको मिति केही दिन सार्ने लगभग समझदारी जुटेको छ । प्रमुख विपक्षी दल एमालेका नेताहरु पनि यसमा सकारात्मक देखिएका छन् । एमाले अध्यक्ष केपी ओली चुनाव सार्ने प्रस्तावको विपक्षमा छन् । तर, माधवकुमार नेपालसहितका नेताहरु राजपा चुनावा आउँछ भने मिति सार्न सकारात्मक छन् ।
चुनाव असार ७ वा ८ गतेलाई सर्ने सम्भावना छ । यसबारे आज प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग परामर्श गरेपछि औपचारिक निर्णय हुनेछ ।
राजपालाई चुनावमा सहभागी गराउन फास्ट ट्रयाकबाट ऐन संशोधन गर्ने र उम्मेदवारलाई आधिकारिता प्रदान गर्ने पदाधिकारीको हस्ताक्षर बुझाउने समय दिने सहमति भएको छ । स्रोतका अनुसार यो प्रक्रिया भोलि नै अघि बढ्नेछ ।
चुनावको मिति सारेपछि राजपा पनि चुनावमा सहभागी हुने प्रमुख दलहरुको विश्वास छ । यद्यपि बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा राजापाले संविधान संशोधन र जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धिमा नै जोड दिएका छन् । सर्वोच्चको आन्तरिम आदेश भ्याकेन्ट गराएर भएपनि संख्या बढाउनु पर्ने उनीहरुको माग छ ।
एक नेताका अनुसार राजपाका नेताहरुले चुनावको मिति सारेपछि हुने चुनावमा आउने ठोस प्रतिवद्धता जनाएका छैनन् ।
चुनावको मिति सार्दा पनि राजपा सहभागी भएन भने के गर्ने भन्ने प्रमुख दलहरुको चिन्ता छ ।

Post a Comment

0 Comments