काठमाडौ,जेठ ।
एनएन जिटीले सुप्रसिद्ध पद्य पदक प्राप्त गरेकी नेपाली चेली अनुराधा कोइरालालाई सम्मान गरेको छ । सम्मान ग्रहणपछि सम्मानित व्यक्तित्व माइती नेपालकी अध्यक्ष एंव सम्मानीत व्यक्ति अनुराधा कोइरालाले भनिन्ः‘ पुरुष भनेका चरा र महिला भनेका कमिला हुन । चराले बाचुन्जेल कमिला खान्छ तर चरालाई के थाहा उ मरेपछी कमिलाले के खान्छ ।’
यनले अगाडी भनिन्ः‘ सुरुमा सात जिल्लामा कार्य गर्न थालेकी हुँ । रसुवा ,काभ्रे ,सिन्धुपाल्चोक ,धदिङका सडकमा फालेका देखि सबै प्रकारका दुःख पाएका ब्यक्तिहरुले उद्दार गरे।’
‘सिएनएन हिरो मेरो बिचारमा त्यति अवार्ड होइन। किनकी त्यो भोटिङबाट आएको तर भारतीय पद्य श्री निकै ठुलो अवार्ड हो । पद्य श्री पदक लिनु पनि अभ्यास गर्नु पर्ने त्यसले पनि मलाई धेरै सिकाएको छ ।’
सभ्यता भनेको अरुलाइ धेरै सिकाएको छ। सभ्यता भनेको अरुलाई मासेर हुदैन रैछ भन्ने लग्यो । भारतीय प्रधानमन्त्री मोदीले प्रश्न सोधेको कोइरालाले स्मरण गर्नुभयो ।
पुरस्कार भनेको अरु काम गर्ने दबाब हो, हामी सबै महिलाहरूलाई किर्ती मान्नु नै सफलता भएको कोइरालाको भनाई थियो । सम्मान कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिलाले नेतृत्व र व्यवस्थापन गरेका देश राम्रो र विकसित हुने बताउनुभयो । उहाँले पुरुषले गर्ने काममा महिलाको भेदभाव हुने भएकाले देशमा परिर्वतन हुन नसकेको टिप्पणी गर्नुभयो । अध्यक्ष नेपाल विदेशीका लागि चरन भुमि जस्तै भएको टिप्पणी समेत गर्नुभयो ।
एनएनजिटीका अध्यक्ष भारती सिलवालले सिएनएन हिरोलाई सम्मान गर्न पाउँदा सिएनएनको उचाई बढेको बताउनुभयो । कोइरालाले धेरै पटक देखेको घाउँमा मलम लगाउने काम गर्नुभएको सिलवालको भनाई थियो ।
कार्यक्रममा डा.मधुरी सिंह,दुर्गा घिमिरे,राधिका अर्याल लगायतले समेत मन्तव्य राख्नुभएको थियो ।
0 Comments