Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, बैशाख ।
उत्तर कोरियाली सीमा क्षेत्रमा अमेरिकाले दक्षिण कोरिया र जापानी सैनिकसँग संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाली शासक किम जोङ उनले‘परमाणु युद्धको घोषणा गर्नमात्र बाँकी’ रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकाले मंगलबार अत्याधुनिक‘सुपरसोनिक बी १ बी ल्यान्सर बम्बर’ विमान उत्तर कोरियाली सीमा क्षेत्रको पेनिन्सुलमा उडाएपछि शासक किमले‘उत्तर कोरियालाई जिस्काएर परमाणु युद्धका लागि उक्साएको’ आरोप लगाएका छन् ।
शासक किमले अमेरिकाले सामरिक क्षेत्रबाट संयुक्त सेना अघि लगाएर युद्धको रणनीति अगाडि बढाएकाले आफ्ना सैनिकहरुलाई तयारी अवस्थामा बस्नसमेत निर्देशन दिएका छन् । सोमबार दुईओटा बम्बर विमानसहित अमेरिकी सीआइए निर्देशक दक्षिण कोरियामा अवतरण गरेका थिए । उनले उत्तर कोरियाली शासक किमसँग कुरा गर्ने प्रयास गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
दक्षिण कोरियाका रक्षा मन्त्रालयका प्रवक्ता मुन स्यांग गयुनले सियोलमा आयोजित बैठकमा मंगलबार भएको संयुक्त सैन्य अभ्यास उत्तर कोरियाको उक्साहट रोक्न गरिएको बताए ।
उत्तर कोरिया र अमेरिकाले पेनिन्सुलमा गरेको संयुक्त सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा‘भीषण तनाब’ भएको बताइएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply