Ticker

6/recent/ticker-posts

कांग्रेस सभापति देउवाले भनेः‘सरकार परिवर्तनले चुनाव प्रभावित हुँदैन’

काठमाडौ, जेठ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले १५ बर्षदेखि हुन नसकेको स्थानीय तहको पहिलो चरणको चुनाव शान्ति र निष्पक्षरुपमा सम्पन्न गराएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको उच्च प्रशंसा गरेका छन् ।  देउवाले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी दश महिनाको दाहाल नेतृत्वको सरकारले शान्ति स्थिरता कायम गरी विकास निर्माणका काम अघि बढाई उच्च आर्थिक बृद्धिदर हासिल गरेकोमा बधाई दिएका छन ।
कांग्रेस र माओवादी केन्द्रबीचको सहमति अनुसार दाहाल नेतृत्वको सरकारले हासिल गरेको ऐतिहासिक उपलव्धिका लागि सहयोग गर्ने सबै राजनीतकि दल र नेपाली जनतालाई समेत देउवाले धन्यवाद दिएका छन । 
देउवाले कांग्रेस र माओवादी केन्द्रबीचको सहमति अनुसार भविष्यमा पनि यहि गठबन्धनले निरन्तरता पाउने उल्लेख गर्दै दुई दलबीचको समझदारी अनुसार राजीनामा दिएकोमा पनि दाहाललाई धन्यवाद दिए । सरकार परिवर्तनका कारणले जेठ ३१ गते हुने दोस्रो चरणको चुनावलाई कुनै नकारात्मक प्रभाव नपार्ने भन्दै ढुक्क रहन सबैमा आग्रह गरेका छन ।

Post a Comment

0 Comments