Ticker

6/recent/ticker-posts

कांग्रेसको ध्यान अब दोस्रो चरणको चुनावमा

काठमाडौं– स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले काठमाडौं उपत्यका लगायतमा अपेक्षाकृत परिणाम हासिल गर्न नसकेपछि अब दोस्रो चरणको चुनावमा ध्यान केन्द्रित गरेको छ । 

पहिलो चरणको चुनावमा अपेक्षाकृत परिणामा नआउनुमा उम्मेदवार छनौटमा नै कमजोरी भएको कांग्रेसवृत्तमा चर्चा शुरु भएसँगै अब उसले आक्रामक रणनीतिका साथ अघि बढ्ने योजना बुनेको छ । कांग्रेस स्रोतले दिएको जानकारी अुनसार दोस्रो चरणको चुनावका लागि जेठ १२ गतेसम्म सम्पूर्ण क्षेत्रको उम्मेदवारको टुंगो लगाउनेछ ।

‘पहिलो चरणका उम्मेदवार टुंगो अलि ढिला भयो । यसपटक समयमै उम्मेदवार चयन हुनेछन् ।’ प्रचार प्रसार संयोजक रमेश लेखकले भने– 'समयमा उम्मेदवार नतोकिँदा मनोनयनकै दिनसम्म कांग्रेस कार्यकर्ताहरु अन्यौलमा परेका थिए ।' 

काठमाडाैंमा त झन कांग्रेसले उम्मेदवारको मनोनयन गर्ने दिन वैशाख १९ गते मात्र मेयरको उम्मेदवारको टुङ्गो लगाएको थियो ।

काठमाडौं कांग्रेस किन कमजोर ? 

संविधान सभाको दोस्रो चुनावमा काठमाडौं उपत्यकामा बलियो पटक जमाएको कांग्रेसले स्थानीय निकायको चुनावमा ठूलै हण्डर खानुप¥यो । अन्यत्र भन्दा पनि सबैभन्दा बढी आशा राखिएको क्षेत्र त्यो पनि काठमाडौं महानगरमा नै । 

यसका पछाडि अनेक कारण छन् –केहीले आफूहरुका भोट नवगठित साझा पार्टी र विवेकशील पार्टीले काटेको तर्क गरिरहेका छन् । कांग्रेसका भोट विवेकशील र साझा पार्टीलाई गएको विश्लेषण गर्ने हो भने उपमेयरकी कांग्रेस उम्मेदवार हरिप्रभा खड्गीको भोट कसरी बढी आयो ? उनको झण्डै १० हजार मतको अग्रता छ । 

यहाँनिर कांग्रेसले काठमाडौं महानगरलाई आफ्नो पकट क्षेत्र हो भन्ने भ्रम पाल्नु नै सबैभन्दा ठूलो भूल भएको देखिन्छ । जनता सधैँ एकैनास हुँदैनन्, उनीहरुको जनमत जित्नका लागि त्याग, तपस्या र समर्पण कांग्रेसले बुझ्न सकेन । 

आन्तरिक गृहकार्य नै कमजोर हुनु र मेयर छनोटमा देखिएको अपारदर्शीताको परिणाम पनि हो ।  पार्टी भित्रको गुटबन्दीका कारण काठमाडौंमा काग्रेसको संगठन अस्तव्यस्त रहेको स्थानीय नेताहरु नै स्वीकार्छन् । 

राजनीतिक विश्लेषक डा. भोला पन्तका अनुसार कांग्रेसले चुनावको प्रचारका क्रममा वर्तमान सरकारले गरेका राम्रो काम समेतलाई चर्चा गर्न सकेन । उहाँले थप्नुभयो– ‘फेरि अन्तरपार्टी समस्यामा कांग्रेस अल्झनु हुन्न’  कांग्रेले अब विगतको कमजोरी हटाउनुपर्छ र लोकप्रिय उम्मेदवारलाई टिकट दिनुपर्छ । उहाँका अनुसार पार्टीको जिल्ला र क्षेत्रको नेतृत्व गर्नेहरु नै उम्मेदवार बन्दा धेरै समस्या देखिएको छ ।

वास्तवमा आफ्ना उम्मेदवारको प्रचारप्रसार र पार्टीको घोषणापत्र बुझाउँदै हिड्नुपर्ने नेताहरु उम्मेदवार बन्दा धेरै ठाउँमा समस्या देखिएको कांग्रेसका नेताहरु नै स्वीकार्छन् । विश्लेषक डा. पन्त भन्नुहुन्छः ‘नेतृत्वमा बस्ने आफैले धेरै ठाउँमा समय दिन नसकेको गुनासा धेरै ठाउँबाट आइरहेको छ ।’ 

Post a Comment

0 Comments