काठमाडौं– हरेक दुई–दुई बर्षमा हुने गरेको अन्तराष्ट्रिय कराते प्रतियोगितामा यस बर्ष आगामी जेठ २५ गतेदेखि हुने भएको छ । आयोजक अन्तर्राष्ट्रिय मार्शल आर्ट्स संघ नेपालले शुक्रबार काठमाडांैमा पत्रकार सम्मेलन गरी कराते प्रतियोगिताबारे जानकारी दिएको हो ।
दशरथ रंगशालाको कभर्ड हलमा हुने प्रतियोगिता चार दिनसम्म चल्नेछ । प्रतियोगितामा डान ग्रेडिग, काता÷कुमिते, रेफ्री सेमिनार ट्रेनिङ क्याम्प र दुई दिने कराते सञ्चालन गरिने आयोजकले जानकारी दिएको हो ।
यसअघि पनि अन्तर्राष्ट्रिय मार्शल आर्ट्स संघ नेपालले पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण कराते प्रतियोगिता वि. सं २०७१ सालको जेष्ठमा गरेको थियो । दोस्रो आइएमए इन्टरनेशनल कराते च्याम्पियनसी–२०१७ नाम दिइएको कार्यक्रममा क्रमशः डान ग्रेडिग (बेल्ट टेस्टिङ)काता÷कुमिते, रेफ्री सेमिनार ट्रेनिङ क्याम्प र दुई दिने कराते प्रतियोगिता समेत ४ दिनसम्म दशरथ रंगशालाको कभर्ड हलमा आयोजना गरिनेछ ।

यस कार्यक्रममा अन्तर्राष्ट्रिय मार्शल आर्ट्स संघ अमेरिकाका साउथ एसिया चिफ सिंहान शान्त थोकर र विश्व कराते महासंघका रेफ्री काउन्सिलका सहसचिव सिंहान फरिबा मदानीको प्रमुख निर्देशनमा तथा नेपाल कराते महासंघ रेफ्री काउन्सिलको संयोजकत्वमा रेफ्री सेमिनार र प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न अन्तर्राष्ट्रिय मार्शल आर्ट्स संघ नेपालका महासचिव प्रकाश श्रेष्ठको अध्यक्षतामा मूल आयोजक कमिटी गठन गरिएको छ । कराते प्रतियोगिताको विकास विस्तार सँगै खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने हेतुले अन्तर्राष्ट्रिय मार्शल आर्टले विभिन्न कराँतेका प्रतियोगिता आयोजना गर्दै आएको छ ।
0 Comments