Ticker

6/recent/ticker-posts

काठमाडौ महानगरपालिकाको उपमेयरमा खड्गीको जित सुनिश्चित

काठमाडौ, जेठ ।
काठमाडौ महानगरपालिकाको उपमेयरमा हरिप्रभा खड्कीको जित सुनिश्चित भएको छ । नेपाली कांग्रेसको तर्फवाट काठमाडौ महानगरपालिकाको उपमेयरमा उठेकी खड्कीले प्रतिष्पिर्धीहरुलाई निकै पछि पारेकी छन् । नेपाली कांग्रेसमा खड्की निकै प्रभावशाली महिला नेतृको रुपमा चिनिन्छिन् । २०४२ सालमा नेपाल ल क्याम्पस भर्ना भएकी हरिप्रभा खड्गीले त्यहीँ वर्ष बागबजारका प्रकाश खड्गीसँग बिहे गरिन्। वकिल बन्ने सपनासहित ल क्याम्पस भर्ना भएकी हरिप्रभाको जीवन विज्ञानका विद्यार्थी प्रकाशसँग विवाहसँगै एकाएक मोडियो। ल क्याम्पसबाट उनको पढाई पद्मकन्या सर्यो । तर उनको करिअरसँग जोडिएको विषयमा परिवर्तन भए पनि एउटा कुराले भने उनलाई छोडेन। त्यो थियो राजनीति। ल क्याम्पस भर्ना भएसँगै नेविसंघमा आबद्ध भइसकेकी उनको पद्मकन्यामा पुग्दा पनि त्यसमा निरन्तरता रह्यो। 
पति प्रकाश विज्ञान पढेका हुँदा पाटन बहुमुखी क्याम्पसमा बोट्नीका प्राध्यापक छन्। तर, उनी राजनीतिमा लाग्ने स्वतन्त्रता मात्र हैन श्रीमानबाट सहयोगसमेत पाइरहेकी छिन्। आफु राजनीतिमा आर्कर्षित हुनुको कारण बारे खड्गीले भनिन्ः‘सानो नै छँदा बाजे कुलदाश श्रेष्ठले घरमा गणेशमान सिंहको कुरा गरिरहनुहन्थ्यो। मलाई त्यसले नै प्रभावित गरिसकेको रहेछ, सायद श्रीमानको परिवार पनि त्यही पार्टीमा नभएको भए मेरो आस्थामा समस्या आउथ्यो होला ।’
राजनीतिमा सँगै काम गरेका साथीहरु धेरे माथि पुगे पनि उनले आफ्नो यात्रा भने ढिलो गतिमै भए पनि जारी राखिन्। पद्मकन्याबाट आइएसम्मको अध्ययनपछि पारिवारिक जीवनमै व्यस्त खड्गीले त्यसपछिको राजनीति भने महिला संघबाट निरन्तारता दिइन्। त्यही निन्तरताको परिणास्वरुप देशभर एमालेमय भएको स्थानीय चुनावमा उनी वडा सदस्य निर्वाचित भइन् २०५४ सालमा। 
महिला संघको जिल्ला सदस्य हुँदै केन्द्रीय सदस्यसम्म भएकी हरिप्रभा स्थानीय तह निर्वाचन २०७४ सम्म आइपुग्दा काठमाडौंको उपमेयर पदमा उम्मेद्वार बनेकी छन्। सानै देखि उनको वकिल बन्ने सपना पूरा भएन। तर, निर्वाचित भइन् भने उनले महानगरको कानुन विभागकै जिम्मेवारी सम्हाल्नु पर्नेछ।
हरिप्रभाको योजना छः‘ महानगरमा धुलो धुवा नियन्त्रण गर्ने, महानगरलाई क्लिन एण्ड ग्रिन बनाउने, सम्पदाको शहरका रुपमा काठमाडौंलाई स्थापित गर्ने र विकास निर्माणका लागि पनि विश्वकै उदाहरणीय शहरका रुपमा विकास गर्ने योजना छ ,पार्टीका कार्यक्रम मेरो योजनामा  छँदैछन्,त्यस बाहेकको मेरो मुद्दा भनेको महिला सशक्तिकरणको हो ।’
जबसम्म महिलाहरु सक्षम हुँदैनन् र आर्थिक रुपमा सक्षम हुँदैनन् तबसम्म महिलाले केही गर्न पनि सक्दैनन् भन्ने हरिप्रभा आर्थिक सहयोग नभएको भए आफू पनि राजनीतिमा निरन्तरता दिन असमर्थन हुने स्वीकार गर्छिन्।
उनले भनिन्ः‘ चुनाव जितेपछि म महिलालाई अर्कोपटक देखि वडा तहदेखि नै नेतृत्व गर्ने स्तरसम्म पुर्‍याउने छु, त्यसबाहेक नगरका महिलाहरुको स्वावलम्बन कार्यक्रम मार्फत् सबै महिलालाई पुरुषसँग खुल्ला प्रतिस्पर्धामा आउन सक्ने बनाउने छु ।’
धेरैजसो पार्टीमा अहिले पनि महिलालाई अघि बढाउने सवालमा सकारात्मक सोच नभएको भन्दै त्यही सोचका कारण एमाले–राप्रपा गठबन्धनले मेयर र उपमेयर दुवै उम्मेदवार पुरुष बनाएको उनको भनाई छ ।
चुनाव जित्नेमा ढुक्क रहेकी खड्गीले भनिन्ः‘चुनाव त मैले जित्ने नै छु, तर महिलाका सवालमा सँगै काम गरेका एमालेमा आवद्ध थुप्रै महिला हुँदा हुँदै उनीहरु उम्मेदवारीको अवसरबाट नै बञ्चित भएका छन्, उपमेयर समेत पुरुष आएका कारण महानगरमा म बाहेक अर्को प्रतिस्पर्धी नै नभएजस्तो अनुभव मैले गरिरहेकी छुँ ।’

Post a Comment

0 Comments