Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

इरान, बैशाख ।
इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ । गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास विस्फोट भएको र त्यस क्रममा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सरकारी अधिकारीहरुले दुर्घटनामा ७० जना घाइते भएको जनाएका छन् । खानीभित्र परेका केहीलाई भने उद्दार गरिएको इरानको आपतकालीन सेवाका प्रमुख पिर हुसैन कोलिभान्दलाई उदृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् ।
पहिरो गएपछि सुरुङजस्तो बनेको ठाउँमा ग्यास भरिएकाले उद्धार कार्य निकै कठिन भएको बताइएको छ । सरकारी सञ्चारमाध्यमहरुले खानीमा पहिरो गएका बेला करिब ५ सय कामदार रहेको जनाएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply