एजेन्सी, जेठ ।
म्यानचेष्टर युनाइटेडले युरोपा लिगको उपाधी जितेको छ । फाइनलमा अजाक्सलाई २–० गोल अन्तरले हराउँदै म्यानचेष्टर युनाइटेडले उपाधि जितेको हो । जितसँगै म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगको अघिल्लो संस्करणमा स्थान सुरक्षित बनाएको छ । बुधबार राति म्यानयुलाई जित दिलाउन पौल पोग्बाले १८ औँ र हेनरिख मिखितारियानले ४८ औँ मिनेटमा गोल गरे ।
इंग्लिस प्रिमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न नसकेको म्यानयुका लागि युरोपा लिगको उपाधि महत्वपूर्ण रह्यो । यो सिजन म्यानयुले छैठौँ स्थानमा रहँदै प्रिमियर लिग सकेको हो ।
0 Comments