Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, बैशाख ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग (एफबिआई) का निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेका छन् । डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार रहेकी हिलारी क्लिन्टनको इमेलका सम्बन्धमा भएको अनुसन्धानको विषयलाई लिएर ट्रम्पले कोमीलाई बर्खास्त गरेको अधिकारीले बताएका छन् । 
ह्वाइट हाउसले आश्चर्यजनक रुपमा एफबिआई निर्देशक कोमीलाई बर्खास्त गरेको हो । गएको हप्ता कोमीले क्लिन्टनको इमेलका बारेमा कांग्रेसलाई जानकारी गराएका थिए । कांग्रेसलाई क्लिन्टनको इमेल सम्बन्धी गलत जानकारी दिएको कोमीमाथि आरोप छ । एफबिआईले ट्रम्पको राष्ट्रपतीय अभियानमा संलग्न व्यक्ति र रुसबिचको सम्बन्धका बारेमा पनि अनुसन्धन गरिरहेको छ । यही बिचमा ट्रम्पले कोमीलाई बर्खास्त गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
राष्ट्रपति ट्रम्पले कोमीलाई महान्यायाधीवक्ता जेफ सेसन्सको सिफारिसमा बर्खास्त गरेको ह्वाइटहाउसले जनाएको छ । महान्यायाधीवक्ता सेसन्सले कोमीले ब्युरोलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको भनेको कुरा ट्रम्पले कोमीलाई बर्खास्त गरिएको पत्रमा उल्लेख छ ।
महान्यायाधीवक्ता सेसन्सले ब्युरोमा नयाँ नेतृत्वको खाँचो रहेकोमा जोड दिए । चार वर्षअघि एफबिआईको निर्देशकमा नियुक्त भएका कोमीको कार्यकाल अझै ६ वर्ष बाँकी थियो । एफबिआईको नयाँ निदेर्शकको खोजी तत्काल सुरु गरिएको ह्वाइटहाउसले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply