Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, बैशाख ।
स्थानीय तह निर्वाचनमा बजार निकै चलायमान हुन्छ । देशभरिका उम्मेदवारको कूल खर्च अर्बौं रुपैयाँ हुन्छ । प्रचारप्रसारका लागि उम्मेदवारले कार्यकर्ता परिचालन, मतदाता रिझाउने, इन्धन, सवारीसधान, प्रचार सामग्री, कार्यालय सञ्चालनलगायतमा मोटो रकम खर्चिन्छन् ।
यो रकम उम्मेदवार आफैंसँग हुँदैन । उनीहरुको चुनावी खर्चको मुख्य स्रोत उद्योगी व्यवसायी हुने गरेका छन् । राजनीतिक दलले पनि केन्द्रीय स्तरबाट गर्ने चुनावी प्रचारको खर्च व्यवसायीबाटै उठाउँछन् ।
निर्वाचन नजिकिँदै गर्दा उद्योगी तथा व्यवसायीलाई चन्दाको दबाब आउन थालेको छ । राजनीतिक दल र उम्मेदवार चुनाव खर्च जुटाउन व्यवसायीको घरदैलो चहार्न थालेका छन् ।
चुनाव खर्च जुटाउन उम्मेदवारहरु व्यवसायीलाई फोन गर्नेदेखि घर तथा अफिससम्म धाउन सक्रिय छन् । स्थानीय तह निर्वाचनमा पनि राष्ट्रिय स्तरको चन्दा दबाब आइरहेको व्यवसायी बताउँछन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply