Ticker

6/recent/ticker-posts

प्रधानमन्त्री कप क्रिकेट सुरु, विजेतालाई २० लाख पुरस्कार


काठमाडौ,जेठ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव र पूर्वाञ्चल टिम भिड्नेछन् ।
लिग कम नकआउटको आधारमा हुने पहिलो संस्करणको प्रधानमन्त्री कपमा पाँचवटा क्षेत्रीय टिमसहित विभागीय टोलीहरु नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । प्रत्येक समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको विजेताले हालसम्मकै सर्वाधिक पुरस्कार राशी २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ हात पार्दा उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।
नेपालमा करिव तीन वर्षपछि पहिलो पटक एक दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता हुन लागेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा हुन लागेको प्रतियोगिताको व्यवस्थापन भने काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसीटीसीले गर्नेछ ।

Post a Comment

0 Comments