Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,बैशाख ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागि भएपछि सरकारसंग स्पष्ट बहुमत पुगेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारवाट बाहिरिएपछि बर्तमान सरकारले बहुमत त गुमाएको थिएन तर कमजोर भएको थियो । तर लोकतान्त्रिक फोरम सरकारमा सहभागि भएपछि अब सरकारसंग स्पष्ट महुमत पुगेको छ । यसअघि कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी भएका हुन् ।
गच्छदारसँगै तीन मन्त्रीले सोमबार नै सपथ लिएका छन् । गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हालेका छन् भने जितेन्द्र देव पर्यटन र गोपाल दहितले भूमिसुधार मन्त्रालय सम्हालेका छन् । यसअघि यी तीनवटै मन्त्रालय कमल थापा नेतृत्वको राप्रपाले सम्हालेको थियो ।
पहिलो चरणको स्थानीय निर्वाचन आउन अब ६ दिनमात्रै बाँकी छ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र अर्को सरकार गठन हुने कांग्रेस र माओवादीवीच पूर्वसहमति छ । यो सहमति कार्यान्वयन भयो भने गच्छदार अब एक हप्ताका लागि उपप्रधानमन्त्री हुनेछन् ।
तर, प्रचण्ड नेतृत्वको सरकार ढलेर देउवाको नेतृत्वमा अर्को सरकार बन्दा पनि अहिलेको सत्तारुढ गठबन्धन नटुट्ने सत्तापक्षका नेताहरुले दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले विजय गच्छदारलाई उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्रालयसहित सरकारमा सहभागी गराउने निर्णय गरेका छन् । त्यो पनि कमल थापाकै ठाउँमा ।
विजयकुमार गच्छदारले पाएको उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री पद यसअघि राप्रपा अध्यक्ष कमल थापाले सम्हालेका थिए । भूभिसुधार र पर्यटन मन्त्रालय पनि राप्रपाले नै सम्हालेको थियो । प्रधानन्यायाधीशमाथि महाअभियोग लागेपछि राप्रपा हठात रुपमा सरकारबाट बाहिरिएको थियो ।
तर, महाअभियोग प्रकरण सुल्झिएपछि राप्रपाले पुनः सरकारमा फर्कने चाहना व्यक्त गरेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ । कमल थापा बाहिरै रहेर राप्रपाका दीपक बोहोरा लगायतका अरु नेताहरु सरकारमा मन्त्रीका रुपमा सहभागी हुने तयारी गरेको थाहा पाउनासाथ प्रधानमन्त्रीले उनीहरुको राजीनामा स्वीकृत गरी शीतलनिवासमा जानकारी गराएको बालुवाटार स्रोतले बतायो ।
सरकारबाट बाहिरिएलगत्तै पुनः सरकारमा आउन खोज्नुमा केही रहस्य लुकेको हुनसक्छ भन्दै प्रधानमन्त्रीले कमल थापाको पार्टीलाई सरकारमा ल्याउन अरुची देखाएको स्रोतले बतायो ।
सरकारबाट बाहिरिएर केपी ओलीसँग चुनावी गठबन्धन गर्न गएको भन्दै कांग्रेस र एमालेले राप्रपासँग चित्त दुखाएको स्रोतको भनाइ छ ।
त्यसो त गृहमन्त्री विमलेन्द्र निधी र कमल थापावीच बरियताको विवाद रहेकाले पनि राप्रपालाई सरकारमा फर्काउने प्रधानमन्त्रीले अरुची देखाएको माओवादी स्रोत बताउँछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply