Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, बैशाख ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा नेपाली कांग्रेस अत्याधिक बहुमतले विजयी हुने दाबी गर्नुभएको छ ।  क्षेत्र नंम्बर १ मा  कांग्रेसको चुनावी घरदैलो कार्यक्रमा नेता सिंहले स्थानीय मतदाताले दिलाएको विश्वासका आधारमा कांग्रेसको जित सुनिश्चित भएको ठोकुवा गर्नुभएको हो । 

उहाँले मतदातालाई रुख चिन्हमा छाप लगाएर अध्याधिक बहुमतले विजयी गराउन समेत आग्रह गर्नुभयो । चुनावमा भोट कसरी हाल्ने विषयमा समेत मतदातालाई जानकारी गराउनुभएको थियो । उहाँले स्वतन्त्र, निस्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने कुराम मतदाताहरुलाई विश्वास दिलाउँदै मतदाता नामावलीमा नाम भएकाहरुले भोट दिँदा बदर नहुनेगरी छाप लगाउन आग्रह गर्नुभयो । 

उहाँले मतदाताहरुले मेयर, उपमेयर आफ्नो वडाको वडाध्यक्ष र वडा सदस्य गरी ७ जनालाई मतदान कसरी गर्ने भन्ने विषयमा समेत मतदातालाई जानकारी दिनुभयो । त्यस्तै, नेपाली कांग्रेसले तय गरेको नारा ः कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियानलाई आत्मसात गर्दै मतदातालाई कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो । 

उहाँले कांग्रेसले नै काठमाडौं महानगरपालिकालाई समृद्धिको यात्रामा लम्काउने भन्दै मतदाताहरुको राखेका गुनासाका विषयमाथि पनि प्रकास पार्नुभएको थियो । 

घरदैलो अभियानमा आउने सबैले चुनाव चिन्हमा भोट हाल्न आग्रह गरे पनि कसैले पनि बदर नहुने गरी कसरी  भोट हाल्ने र मतपेटिकामा मतपत्र खसाल्ने भनेर सिकाएनन् भन्ने स्थानीयको गुनासो पनि मेट्ने प्रयास गर्नुभायो । 

वास्तवमा भोट कसरी हाल्ने भन्ने तरिका सिकाउनुपर्ने जिम्मेवारी निर्वाचन आयोगबाट मतदाता शिक्षा स्वयंसेवकको हो । तर, उनीहरु निस्क्रिय भइदिँदा थुप्रै मतदाता अन्यौलतामा छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply