Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, जेठ ।
मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो प्लेअपमा गएराति कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौं आइपीएलको उपाधि नजिक पुगेको हो ।
बैंलोरको चिन्नस्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रनको सामान्य स्कोर बनायो ।
जसका लागि सूर्यकुमार यादवले ३१ र इशान्क जागीले २८ रन बनाएका थिए । अन्य खेलाडीले भने खुलेर खेल्न सकेनन् ।
कोलकातालाई सस्तैमा समेट्ने क्रममा मुम्बईका करण शर्माले सर्वाधिक ४ विकेट लिए । यस्तै बुमराहले ३ विकेट लिँदा मिचेल जोहन्सनले २ विकेट लिएका थिए ।
१ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई १४ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै विजयी बनेको थियो । मुम्बईका लागि क्रुनाल पाण्डेले नटआउट ४५ रनको योगदान दिए । यस्तै रोहित शर्मा २६ तथा पार्थिव पटेलले १४ रन बनाए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply