पोखरा, जेठ ।
कांग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरापालिकाको मेयरका लागि जिल्लाबाट सिफारिस भएका महानगर समिति सभापति बजिरमान श्रेष्ठ वडाध्यक्षमै पराजित भएका छन् ।
पार्टी केन्द्रले मेयरमा टिकट नदिएपछि उनलाई जिल्लाले पोखरा १३ को वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।
६५ बर्षीय श्रेष्ठले कांग्रेसले आफ्नो गढ दाबी गरेकै वडामा एमाले उम्मेदवार ३५ बर्से दर्शन लामा संग पराजय भोग्नु परेको हो ।
0 Comments