Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,जेठ ।
राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलहरु वर्षाले प्रभावित हुन थालेका छन् । हरेक दिन पानी पर्न थालेपछि सहभागी टोलीहरु आफ्नो प्रदर्शनमा भन्दा पनि मौसमको भर पर्न बाध्य भएका छन् ।
कीर्तिपुर मैदानमा मंगलबार दिनभर जसो पानी परेपछि मध्यपश्चिमाञ्चल विकास क्षेत्र र मध्यमाञ्चल विकास क्षेत्रबीचको खेल रद्द भएको छ । खेलमा पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय २३ रन बनाएको थियो ।
जवाफमा मध्यमाञ्चलले ४ ओभर २ बल खेल्दा १ विकेट गुमाएर २३ रन बनाउँदा वर्षा भएपछि खेल अगाडि बढ्न सकेन । खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् ।
यसअघि सोमबार एपीएफ र पश्चिमाञ्चलविचको खेल पनि वर्षाले प्रभावित बनेको थियो । प्रधानमन्त्री कप क्रिकेटमा आज मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्दैछन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply