Ticker

6/recent/ticker-posts

बोको हरामले अपहरण गरेका ८२ चिबोक छात्रा मुक्त

एजेन्सी,बैशाख ।
इस्लामिक विद्रोही समूह बोको हरामको अपहरणमा परेका २७६ छात्रामध्ये ८२ जना मुक्त भएका छन् । उनीहरु सेनाको संरक्षणमा रहेको नाइजेरियाका अधिकारीले बताएका छन् । उत्तर पश्चिम नाइजेरियाबाट तीन वर्ष पहिले चिबोक समुदायका ती छात्राहरु अपहरणमा परेका थिए  । 
उनीहरुलाई सरकारसँगको वार्ताका क्रममा बोको हरामले रिहा गरेको भनिएपनि विस्तृत जानकारी भने दिइएको छैन । ८२ जना छात्रा रिहा भए पनि बाँकी १९५ छात्राको अवस्था अज्ञात नै रहेको बिबिसीले जनाएको छ । 
अपहरणमा परेका मध्ये पोहोर रेडक्रसको पहलमा २१ जना छात्रालाई बोको हरामले रिहा गरेको थियो । अपहरणकै क्रममा भने ५० जना छात्रा भाग्न सफल भएका थिए । छात्राहरु अपहरणमा परेपछि विश्व समुदायले रिहाको माग गर्दै पहल कदमी गरेक थिए ।

Post a Comment

0 Comments