Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, बैशाख ।
राप्रपा नेपालका अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले राप्रपा फुटाउन खोजेको आरोप लगाएका छन् । राप्रपा संसदीय दलको आइतबारको बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको टिप्पणी गरेका हुन् ।
‘जसका लागि भन्दै हामी हिँड्यौं, उतैबाट पार्टीमाथि यो घात भएको छ । राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइन, यसमा हामी सबै प्रष्ट हुन जरुरी छ,’ बैठकमा थापाले भने । ‘राप्रपा विभाजन गर्न सांसद्हरुलाई भड्काउन लागेका छन् । यो हामीलाई मान्य छैन ।’ संसदिय दलका नेता समेत रहेका थापाले भने ।
राप्रपाले मान्यताका लागि राजसंस्थाको पक्षमा आवाज उठाएको तर कोही व्यक्तिको स्वार्थका लागि होइन भन्दै थापाले पूर्वराजाको आलोचना गरेका थिए । बैठकमा केही सांसद्ले पूर्वराजा ज्ञानेन्द्रका सहयोगीहरु सागर तिमिल्सिना, डा. फणिराज पाठक, पशुपतिभक्त महर्जनले चलखेल गरेको भन्दै आक्रोस पोखेका थिए । 
स्रोतका अनुसार सांसद् तथा पूर्वमन्त्री रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामामाथि कारबाहीका लागि राप्रपाले प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply