ललितपुर, जेठ ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । शुक्रबार बिहान ९ बजेसम्मको मत परिणाम अनुसार मेयरका कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन झण्डै २ हजार मत अन्तरले अघि छन् ।
महर्जनको मत १५ हजार ४१ मत छ । एमालेका हरिकृष्ण व्यन्जनकारले १३ हजार २१६ मत पाएका छन् । ललितपुर महानगरपालिकामा साझा पार्टी तेस्रो स्थानमा छ । साझा पार्टीका रमेश महर्जनले १ हजार ३५२ मत पाएका छन् । माओवादीका दिनेश महर्जनले १ हजार ३ सय ५२ मत पाएका छन् ।
0 Comments