Ticker

6/recent/ticker-posts

झाडुसहित सडकमा निस्किए काठमाडाैं महानगरमा मेयर र उपमेयर (फोटोफिचर)

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरको मेयरमा विजयी भएका विद्यासुन्दर शाक्य र उपमेयरमा विजयी भएकी हरिप्रभा खड्गी एका बिहानै  शहर सरसफाइ अभियानमा निस्किएका भेटिए । बुधबार मात्रै पदबहाली गरेका मेयर, उपमेयर आफूहरुको ‘क्लिन काठमाडौं अभियान’लाई ठोस रुपमा लागू गर्न सरसफाइमा निस्किएका हुन् ।

उनीहरुले काठमाडौं शहरलाई सफा सुन्दर बनाउन बुढानिलकण्ठ महानगरको सीमानबाट सफाई अभियान शुरु गरेका छन् । शहरलाई सफा, हराभरा र सुन्दर बनाउन आफूहरुको अभियान निरन्तर जारी रहने मयेर शाक्यले बताए ।  त्यसैगरी उपमेयर हरिप्रभा खड्गीले शहरलाई सफा राख्नु प्रत्येक नागरिकको कर्तब्य रहेको बताइन् । 

विहीबार बिहान महारागञ्ज चोकदेखि बासबारीसम्मको दृष्य हेर्न लायक थियो । अरुबेला कुरा मात्र गर्ने नेताहरु विहीबार हातमा कुचो बोकेर सडकमा निस्किएका दृश्य देखिए । सफाइ अभियानमा मेयर, यपमेयर तथा वडा सदस्यहरुलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।


काठमाडौं महानगरपालिकाले थालेको ‘क्लिन द सिटी’ अभियानमा मेयर, उपमेयर लगायत सरिक भएर सफा गरेको देख्दा अब यो अभियानले मुर्त रुप पाउने आशा पलाएको स्थानीयले बताएका छन् । 





Post a Comment

0 Comments