Ticker

6/recent/ticker-posts

एमालेको आग्रहमा संसद् बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौं, जेठ । नेकपा एमालेको विशेष आग्रहमा व्यवस्थापिका–संसद्को बैठक मंगलबारसम्म स्थगित भएको छ ।
सभामुख ओनसरी घर्तीको पहलमा भएको शीर्ष नेताको बैठकमा नेकपा एमालेका नेताहरुले मंगलबारसम्म संसद्को बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
एमालेका नेताहरुले त्यसबेलासम्म सहमति जुट्ने विश्वास व्यक्त गर्दै मंगलबारसम्म संसद्को बैठक स्थगित गर्न आग्रह गरेपछि स्थगित भएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए ।

Post a Comment

0 Comments