Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ललितपुर, ९ असार । शरीरका विभिन्न भागमा क्यान्सर लागेर औषधि उपचार अर्थात केमोथेरापि गराईराखेका विरामीहरुका लागि औषधिको साइड इफेक्ट कम गराउने उद्धेश्यले बुधबार योगा उपचार विधि सिकाइएको छ ।
भारतबाट आएका गुरुजीश्री योगाचार्य अरुण कुमारले ति विरामीका लागि ‘प्राणशक्ति योगसाधना विधि’ सिकाएका  थिए । यो विधिबाट नियमित योगा गरिँदा १० पटकसम्म दिनुपर्ने केमोथेरापि ७ पटकमात्रै दिए पुग्ने गरि आत्म विश्वास र शक्ति बढ्ने अरुणकुमारले बताए ।
अन्तराष्ट्रिय योग दिवसको अवसरमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेण्टर जाउलाखेल तथा क्यान्सर केयर नेपालको संयुक्त आयोजनामा पहिलोपटक सो योग शिवीर आयोजना गरिएको ती दुबैसंस्थाका अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.मदनकुमार पियाले बताए । अस्पतालका प्रवन्ध निर्देशक श्यामकृष्ण जोशीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विरामी र उनीहरुका आफन्त गरि ५० जनाको सहभागिता थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply