Ticker

6/recent/ticker-posts

ट्रिटन कलेजको विज्ञान प्रर्दशनीमा ६ हजार दर्शक

काठमाडौ, २८ जेठ । माध्यमिक शिक्षा परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरले कलेज हातामा आयोजना गरेको ३ दिने ‘ट्रिटन साइन्स एक्स्पो’ (विज्ञान प्रर्दशनी) ६ हजार दर्शकहरुले अवलोकन गरेका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकूलपति प्रा.डा.जीवराज पोखरेलले उद्घाटन गरेको सो प्रदर्शनी उद्घाटन समारोहमा पुर्व विज्ञानतथा प्रविधि मन्त्री गणेश शाहले पनि विज्ञान प्रर्दशनीको आवश्यकता र महत्वबारे बोलेका थिए ।
कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहको उपस्थितिमा भएको उद्घाटन समारोहमा कलेजका प्रिन्सिपल प्र्रा.डा.विहारी विनोद पोखरेल, पुर्व प्रिन्सिपल सहायक प्राध्यापक मदन शाक्यलगायतको मन्तव्य राखेका थिए ।  
कार्यक्रममा कलेजका प्रिन्सिपल पोखरेलले उपकूलपति प्रा.डा.पोखरेललाई कलेजको तर्फबाट उपहार दिइएको थियो । 
कूल ३४ वटा स्टल रहेको ‘ट्रिटन साइन्स एक्स्पो’ (विज्ञान प्रर्दशनी) मा ट्रिटन इन्टरनेशनल कलेजको साथै स्टाण्डर्ड को—एड, ब्राइट फ्युचर स्कुल, कौटिल्य स्कुल, थानकोट सेकेण्डरी स्कुल, जुबिल्याण्ट स्कुल, ह्याप्पी होम, जेम्स स्कुल, श्री हनुमन्तेश्वर उमावि, ह्वाइटफिल्ड उमावि र एभरेस्ट फ्लोरिडाका विद्यार्थीहरुले पनि स्टल राखेको ट्रिटन इन्टरनेशनल कलेजकी प्रशासन प्रमुख रितु न्यौपानेले बताइन ।
ट्रिटन इन्टरनेशनल कलेज तथा पुल्चोक इन्जिनियरिङ्ग कलेजको संयक्त प्रयासमा रोबोटिक्स क्लवद्धारा तयार गरिएको स्वागत गर्ने रोबोटबाट दर्शकहरुको स्वागत गरिएको थियो ।

Post a Comment

0 Comments