Ticker

6/recent/ticker-posts

आयोगले दिएको म्याद सकियो,राजपाले बुझाएन हस्ताक्षर.......

काठमाडौ, जेठ ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले उम्मेदवारी मनोनयन प्रयोजनका लागि निर्वाचन पदाधिकारीको नाम र हस्ताक्षर विवरण फेरि पनि निर्वाचन आयोगमा बुझाएन । आयोगले उक्त विवरण बुझाउन दिएको थप समय सोमबार सकिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मधेस तराई फोरम र लोकदलले मात्रै निर्धारित तीन दिनको अवधिमा उम्मेदवारी मनोयन प्रयोजनका लागि पदाधिकारीको नाम र हस्ताक्षर विवरण बुझाएको जानकारी दिए ।
सरकारले राजपालाई चुनावमा सहभागी गराउने उद्देश्यले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको थियो । तर, जसका लागि संशोधन गरियो, त्यो दलले आयोगको सूचनालाई फेरि बेवास्ता गरेको छ । राजनीतिक दलबाट उम्मेदवार हुनेले दलको औपचारिक पत्र समेत मनोनयनसँगै पेस गर्नुपर्ने कानुनी प्रावधान छ । 
ऐनमा मनोनयन दर्ता भन्दा १५ दिन अगावै मनोयन प्रयोजनका लागि पदाधिकारीको नाम र हस्ताक्षर बुझाउनुपर्ने प्रावधान थियो । त्यसका लागि आयोगले चैत मसान्तसम्मको समय दिएर सूचना निकालेको थियो । आयोगले पहिलो चरणको निर्वाचनका लागि बैशाख १९ को मनोनयनको दिन भन्दा अगाडि हस्ताक्षर बुझाउन ३ दिन समय थपेको थियो । तर, त्यस अवधिमा राजपामा आवद्ध ६ मधेसवादी दलमध्ये कुनैले उक्त विवरण नबुझाएपछि कानुनी जटिलता आएको थियो । 
ऐनमा दफा १८ मा रहेको‘१५ दिन अगावै’ भन्ने वाक्यको स्थानमा संशोधनगरी‘आयोगले तोके अनुसार’ को प्रावधान राखियो । ऐन संशोधनपछि आयोगले हस्ताक्षर नमुना बुझाउन जेठ २७, २८ र २९ गतेको समय दिएको थियो । तर, जसलाई लक्षित गरी कानुन संशोधन र थप समय दियो, त्यही राजपाले आयोगको सूचनालाई बेवास्ता गर्‍यो । 
यसैबीच,
राजपा नेपाल अध्यक्ष मण्डलको सोमबार बसेको बैठकले घोषित आन्दोलनलाई सशक्त बनाउने निर्णय गर्दै त्यसका लागि अध्यक्षहरु जिल्ला जाने निर्णय गरेको छ ।

Post a Comment

0 Comments