Ticker

6/recent/ticker-posts

राजपा आउने शर्तमा फेरी निर्वाचन सार्ने तयारी............

काठमाडौ, जेठ ।
मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा आउने शर्तमा सरकारले फेरी निर्वाचनको मिती सार्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाले चुनावमा भाग लिने लिखित बाचा गरे प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव राखेका छन् ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री देउवाले घुमाउरो रुपमा चुनाव सार्ने प्रस्ताव राखेका हुन् ।
बैठकमा सहभागि एक नेताका अनुसार प्रधानमन्त्रीले यदि यसरी चुनाव सार्ने हो भने आयोग नै गठन गरेर स्थानीय तहको संख्या बढाउने विकल्प समेत अघि सारेका छन् । तर, प्रमुख विपक्षी नेकपा एमालेले फेरि चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । साथै स्थानीय तहको संख्या बढाउन आयोग गठन गर्ने प्रस्तावको सत्तारुढ गठवन्धनबाटै विरोध भएको छ ।
चुनाव सार्ने प्रस्तावतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसँग भनेः‘उहाँहरु (सत्तारुढ दल)ले भन्न खोज्ने तर, भन्न नसक्ने जस्तो देखियो । सार्न खोजेको हो कि नगर्न खोजेको हो म प्रष्ट भइनँ ।’
ओलीले अब असार १४ मै चुनाव हुनु पर्ने बताए । उनले भनेः‘पटक पटक सारिएको छ । बैशाख ३१ मै एक चरणमा हुनुपर्थ्यो । जेठ ३१ मा सारियो । फेरि केही दिनलाई सारियो । यो चुनाव सकेर प्रदेश र संघको चुनाव गर्नुछ । तर, समयको चापप्रति सरकार गम्भीर देखिएको छैन ।’
एमालेले स्थानीय चुनाव अघि संविधान संशोधन र स्थानीय तहको संख्या बृद्धि दुबै असम्भव भएको बताएको छ ।चुनावपछि भने संशोधनबारे छलफल गर्न सकिने एमाले अध्यक्ष ओलीले बताए । माओवादी नेता वर्षमान पुनले आज ४ बजे राजपासँग संयुक्त बैठक बोलाइएको बताए । सरकार र प्रधानमन्त्री असार १४ मा चुनाव गर्न प्रतिवद्ध रहेको भन्दै उनले भनेः‘ लिखित प्रतिवद्धता आयो वा सहमति भयो भने निर्णय लिने भन्ने भएको छ ।’
राजपाले उठाएका संविधा संशोधन चुनाव अघि सम्भव नभएको भन्दै उनले प्राविधिक केही समस्या भए त्यसबारे सोच्ने बताए ।

Post a Comment

0 Comments