काठमाडौ, असार ।
प्रधानमन्त्री शेरवहादुर देउवा जेठ २३ गते झण्डै दुईतिहाई बहुमतवाट प्रधानमन्त्रीमा निर्वाचित भए । तर निर्वाचित भएको एक साता बिते पनि प्रधानमन्त्री देउवा सरकारी निवाश वालुवाटार बसाई सरेका छैनन् । ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन् ।
देउवाको कुण्डलीअनुसार ३ गतेसम्म राहु अष्टम पदमा छ । ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विध्नबाधा आउने सुझाएपछि उनी बूढानीलकण्ठमै अड्किएका हुन् । वरिष्ठ ज्यातिषी अंगीरस न्यौपानेले देउवालाई ३ गतेपछि मात्रै निवास सर्न सुझाएका छन् ।
न्यौपानेले भनेः‘ उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहूर्त थियो, अब असार ४ वा ५ गते मात्रै शुभ मुहूर्त छ, ४ दिन बिहान, दिउँसो र बेलुका शुभ साइत देखिन्छ ।
ज्योतिसको सल्लाह अनुसार प्रधानमन्त्री देउवा असार ३ गतेपछि मात्र सरकारी निवाश बालुवाटार छिर्ने भएका छन् ।
0 Comments