काठमाडौ,३१ जेठ । अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपाल (आईएमए) को दोश्रो साधारणसभाले प्रकाश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ । श्रेष्ठ अघिल्लो कार्यसमितिमा महासचिव थिए ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा रामजनक कट्वाल र कृष्णप्रसाद सिवाकोटीले उपाध्यक्ष, प्रशान्त प्रधानले महासचिव, सुस्मिता तामाङले सचिव तथा लक्ष्मीकुमारी बम्जनले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
मधुसुदन पाठक, पिंकी खड्का, लालबहादुर तामाङ, रणदीप गोले, लक्ष्मण तामाङ, धीरज उपरकोटी र विनोद योञ्जन सदस्यमा चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख समेत रहेका प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए ।

0 Comments