काठमाडौं, असार । फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले जित हासिल गरेको छ। न्युजिल्याण्डलाई २–०ले पराजित गर्दै रसियाले विजयी सुरुवात गरेको हो।
खेलमा अधिकांश समय हावी देखिएको रसियाले थुप्रै मौकाहरु गुमाएको थियो। पहिलो हाफको ३१औं मिनेटमा न्युजिल्याण्डका माइकल बक्सअलले आत्मघाती गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो। मध्यान्तरसम्म १ गोलको अग्रता बनाएको रसियाले दोश्रो हाफमा अग्रता दोब्बर पार्यो। ६३औं मिनेटमा फेदोर स्मोलोभले गोल गर्दै रसियाको जित पक्का गरेका थिए। रसियाले जितसँगै अंक तालिकामा ३ महत्त्वपूर्ण अंक जोडेको छ।
आज हुने खेलमा समूह’ए’ अन्तर्गत पोर्चुगल र मेक्सिकोले नेपाली समयानुसार रातको ८ः४५ बजे खेल्दैछन्। ११ः४५ बजे हुने खेलमा भने समुह ‘बी’का क्यामरुन र चिली भिड्नेछन्।

0 Comments