Ticker

6/recent/ticker-posts

उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौं, ४ साउन । आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबर हुने फाइनल खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान उपाधिको लागि भिड्दैछन् । समान ३–३ जित हात पारेर फाइनलसम्म आइपुगेका दुई टोलीले सेमिफाइनलमा सहज जित दर्ता गरेका थिए।
समूह चरणमा पाकिस्तान र दक्षिण अफ्रिकालाई पराजित गरेर सेमिफाइनल आइपुगेको भारतले फाइनल पुग्न बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो। कप्तान विराट कोहलीले ४ पारीमा २ सय ५३को औसतले रन जोडेका छन्।
यस प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानलाई १ सय २४ रनले पराजित गरेको भारतले पछिल्ला ७ खेलमा पाकिस्तानलाई हराएको छ। पाकिस्तानले सेमिफाइनलमा आयोजक इङल्याण्डलाई ८ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। उसले समूह चरणमा दक्षिण अफ्रीका र श्रीलंकालाई पराजित गरेको थियो। चोटका कारण पछिल्लो खेल गुमाएका पाकिस्तानी बलर मोहमद आमिर फाइनलका लागि फिट भएका छन्।

Post a Comment

0 Comments