Ticker

6/recent/ticker-posts

यती कार्पेटको उद्योगमा लागेको आगो नियन्त्रणमा आयो

भक्तपुर, ४ असार ।  भक्तपुरको सल्लाघारीमा यती कार्पेट उद्योगमा लागेको आगो झण्डै ८ घण्टापछि नियन्त्रणमा आएको छ । शनिबार राति साढे ११ देखि लागेको आगो आइतबार बिहान साढे ७ बजेपछिमात्र नियन्त्रणमा लिइएको हो । 

आगो स्थानीय बासीन्दा, सुरक्षाकर्मी र ८ वटा दमकलको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यलय भक्तपुरले जनाएको छ । उद्योग परिसरमा रहेको ट्रान्सफरमरमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ । 

यसैबीच, हिजो काठमाडौंको सुन्दरीजलको विपिचोक स्थित ओम कृषि फार्मममा भएको आगलागीमा ५६ गाइ जलेर मरेका छन् । हिजो बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको सो आगलागीमा परेर ७० भन्दा बढी गाई घाइते भएका छन् ।

 नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरामा क्षति पुगेको छ । फार्ममा ७५ दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी १२२ गाई थिए ।

Post a Comment

0 Comments