Ticker

6/recent/ticker-posts

कैलालीमा काँग्रेस उम्मेदवारको टुङ्गो लाग्यो.....

कैलाली, जेठ ।
नेपाली काँग्रेसले कैलालीका उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ । काँग्रेसले धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा पार्टीका नगर सभापति नृप वड र उपप्रमुखमा सुशीला मिश्र भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै लम्की नगरपालिकाको प्रमुखमा भक्तबहादुर थापा र उपप्रमुखमा धना चौधरी, भजनी नगरपालिकाको प्रमुखमा वीरबहादुर हमाल र उपप्रमुखमा भारती चौधरी, टीकापुर नगरपालिकाको प्रमुखमा जङ्गबहादुर साउद र उपप्रमुखमा केशरी विष्ट रावल तथा घोडाघोडी नगरपालिकाको प्रमुखमा रीताकुमारी चौधरी र उपप्रमुखमा हेकबहादुर बमलाई उम्मेदवार बनाएको छ ।
यसैगरी गोदावरी नगरपालिकाको प्रमुखमा वीरेन्द्र भट्ट र उपप्रमुखमा भगवती पाठक, गौरीगङ्गा नगरपालिकाको प्रमुखमा दिनेशराज जोशी र उपप्रमुखमा मेनका जोशीलाई उम्मेदवार बनाएको छ ।
यस्तै जानकी गाउँपालिकाको अध्यक्षमा गङ्गादेवी चौधरी र उपाध्यक्षमा सूर्यबहादुर बटाला, बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा बलीराम चौधरी र उपाध्यक्षमा ललिता भट्ट, जोशीपुर गाउँपालिकाको अध्यक्षमा रामकृष्ण चौधरी र उपाध्यक्षमा गीता कठरिया तथा चुरे गाउँपालिकाको अध्यक्षमा टीकाराम ढुङ्गाना र उपाध्यक्षमा धना थापालाई उम्मेदवार बनाएको छ ।
यसैगरी मोहन्याल गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर बडुवाल र उपाध्यक्षमा रविकुमारी राना मगर तथा कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी र उपाध्यक्षमा अनिता चौधरीलाई उम्मेदवार बनाएको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।

Post a Comment

0 Comments