Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बाँके, जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको छ । आगामी असार १४ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी टुंगो लगाउँदा त्यसमा दुई जना पत्रकार पनि पर्न सफल भएका छन् । उनीहरु हुन् उमा थापा मगर र दिपा आले ।

नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरको उम्मेदवारका रुपमा उमा थापामगर चुनावी मैदानमा उत्रिएकी छन् भने  खजुरा गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारका रुपमा दिपा आलेले अहिले आफ्नो पक्षमा जनमत जुटाउन स्थानीयमाझ आफ्ना चुनावी एजेण्डा बोकेर दौडिएकी छन् ।

 दुबै जना लामो समयदेखि पत्रकारितामा क्रियाशील हुनुका साथै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रेस युनियनमा समेत आवद्ध छन् । पार्टीबाट  नाम टुंगो लागेसँगै उनीहरु अहिले नेपालगञ्जको प्रचण्ड गर्मीको कुनै प्रवाह नै नगरी मत जुटाउनुमै जोडबल गरिरहेका छन् ।

ज्यानको प्रवाह नै नगरी पत्रकारिता क्षेत्रमै खटिँदा घाइते समेत बनेकी दीपा समाजसेवासँगै राजनीतिमा पनि उत्तिकै प्रभावशाली छन् । कांग्रेसका लागि आफूले पु¥याएको योगदानको मुल्यांकन भएको भन्दै दीपाले भनिन्, ‘झण्डै २० वर्ष पछि हुन लागेको स्थानीय तहको यस ऐतिहासिक चुनावमा पार्टीले नाम छनोट गरेकोमा खुशी छु, मेरा चुनावी एजेण्डाबाट स्थानीय पनि प्रभावित छन् । यहाँका स्थानीयले कुशल नेतृत्व चयन गर्नेछन् भन्नेमा म ढुक्क छु ।’

एक उपमहानगरपालिका, एक नगरपालिका र ५ वटा गाउँपालिका रहेको बाँकेमा कांग्रेसबाट को को बने उम्मेदवार नाम चयन भयो ?

नेपालगन्ज उपमहानगरपालिका
प्रमुखमा डा सुरेशकुमार कनोडिया
उपप्रमुखमा उमा थापामगर
कोहलपुर नगरपालिका
भानुभक्त भट्टराई प्रमुख
सञ्जु चौधरी र उपप्रमुख
गाउपालिका
 खजुरा गाउँपालिका
अध्यक्षमा नक्की खां
उपाध्यक्षमा दीपा आले
वैजनाथ गाउँपालिका
अध्यक्षमा देवबहादुर खत्री
उपाध्यक्षमा भावना चौधरी
राप्ती सोनारी गाउँपालिका
अध्यक्षमा लाहुराम थारू
उपाध्यक्षमा धनीकुमारी खत्री
जानकी गाउँपालिका
अध्यक्षमा छब्बन खां
उपाध्यक्षमा रामप्यारी यादव
नरैनापुर गाउँपालिका
अध्यक्षमा रामचन्द्र मौर्य
उपप्रमुखमा अतिकुन्नी साह

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply