Ticker

6/recent/ticker-posts

दोस्रो चरणको चुनावः मनोनयन दर्ता शुरु

काठमाडौं, ४ असार । स्थानीय तह दोस्रो चरणको चुनावअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लामा आइतबार विहान ८ बजेदेखि मनोनयन दर्ता शुरु भएको छ । 


प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमाा उम्मेदवारी दर्ता शुरु भउ गरिनने निर्वाचन आयोगले जनाएको छ । तीन सय ३४ तहमा एउटा महानगरपालिका सातवटा उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका छन् । चुनाव नजिकिँदै गएसँगै उम्मेदवारमात्रै होइन मतदा पनि उत्साहित बनेका छन् । 

निर्वाचन आयोगले मनोनयन दर्ता गर्न आइतबार बिहान ८ देखि साँझ ४ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको निर्वाचन तयारी पूरा भएको जानकारीसमेत दिएको छ । 

यस निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिँदैछन् ।  त्यसबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने आयोगले जानकारी दिएको छ । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि चारहजार ५८१ मतदान स्थल र त्यसका लागि आठ हजार ३६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।  निर्वाचनमा सुरक्षाकर्मीबाहेक मात्रै ६६ हजार ९०० कर्मचारी खटिन लागेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।

दलका तर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने, वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । महिला, दलित, अल्पसङ्ख्यकलगायत उम्मेदवारका लागि मनोनयन दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोगले जानकारी दिएको छ । 

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, पारदर्शी, भयरहित र विश्वसनीय बनाउन सरकारका तर्फबाट सुरक्षाको प्रतिबद्धता आएको बताउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन सबै मतदातालाई अपिल गरेको छ । 

मतदान प्रक्रियामा कसैले अवरोध सिर्जना गर्न खोजे सुरक्षाकर्मीले तदारुकतासाथ त्यसलाई निरुत्साहित गरी शान्ति सुरक्षाको व्यवस्था गर्नेमा आयोग विश्वस्त रहेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो । निर्वाचनलाई थप विश्वसनीय बनाउन फागुन १८ देखि आचारसंहिता कार्यान्वयनमा रहेको र त्यसको अनुगमनका लागि आयोगका आयुक्तको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति बनाइएको आयोगले जानकारी दिएको छ । 

आचारसंहिता उल्लङ्घन गर्नेलाई जरिवाना गर्नसक्ने कानुनी व्यवस्था छ ।  केही संवेदनशील जिल्लामा सूक्ष्म अनुगमनकर्ता पनि खटाइएको आयोगले जानकारी दिएको छ ।

Post a Comment

0 Comments