Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, जेठ ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनसम्बन्धी सबै तयारी पूरा गरेको छ । मतपत्र, उम्मेदवार फारम, मतपेटिकालगायत मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण सामग्री जिल्ला निर्वाचन कार्यालयमा पुगिसकेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिले जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रअनुसार फारम र मतपत्रहरू मिलाउँदै छन् ।
प्रवक्ता शर्माका अनुसार ४ सय ६१ स्थानीय तहमा निर्वाचन कार्यालय सञ्चालनमा आइसकेका छन् । उनले भनेः‘अहिले सबै स्थानीय तहमा निर्वाचन कार्यालय सहज रूपमा सञ्चालनमा आइसकेका छन् ।’
मतदान केन्द्रमा खटिने कर्मचारीको छनोट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जनशक्ति व्यवस्थापन समितिले गरिरहेको छ । त्यसरी छनोट भएका जनशक्तिलाई नियुक्तिपत्र र तालिम दिएर मतदान केन्द्रमा खटाइनेछ ।
निर्वाचन आयोगका अनुसार ४३ जिल्लामा मतपेटिका पुगिसकेका छन् । अब मतदान केन्द्रमा मतपेटिका पुर्याउने तयारी भइरहेको छ । मतपेटिकाको सुरक्षा सहज भएको स्थानमा तत्काल र सुरक्षा संवेदनशील भएका स्थानीय तहमा केही दिनपछि लैजाने तयारी आयोगले गरेको छ । एक मतदान केन्द्रमा करिब हजार मतदाता हुन्छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply