मोरङ, ६ असार । पार्टीले टकट नदिएपछि विराटनगर महानगरका कतिपय वडामा काँग्रेस र एमालेका चर्चित कार्यकर्ता स्वतन्त्र बनेर उम्मेदवारी दिनुभएको छ । टिकट वितरण गर्दा आफूहरुलाई पाखा लगाइएको भन्दै ती उम्मेदवारले स्वतन्त्र उठेरै चुनावी नतिजा आफ्नो पक्षमा पार्ने दाबी गर्नु भएको छ । दोस्रो चरणको स्थानीय चुनाव अन्तर्गत विराटनगर महानगरमा भव्यतासाथ बागी मनोनयन दर्ता गरेका भएको छ ।
वडा नम्बर १० मा निकै लोकप्रिय मानिएका र सर्वसम्मत रुपमा वडाअध्यक्ष पदको लागि जिल्लामा सिफारिस गरिएका माधवराज वाग्लेले टिक नपाएपछि उउहाँले स्वतन्त्र मनोनयन गराएका छन । उहाँको ठाउँमा एमालेले अर्जुन गिरीलाई उठाएको छ । मनोनयन दर्ता गराएपछि वाग्लेले पत्रकार माझ भने ‘हेर्दै जानुहोला म वडाअध्यक्षमा जितेर फेरि तपाईहरुलाई अन्तर्वाता दिन आउने छु ।’ एमाले पार्टीले आफ्नो योगदानको कदर नगरेको वाग्लेले बताउनु भयो । संयुक्त टोल नगर संगठनमा काम गरेका राजेश मास्के निकै लोकप्रिय मानिनुहुन्छ ।
१० नम्बर वडामा उहाँलाई काँग्रेसले टिकट नै दिएन । वडाअध्यक्षमा मास्केल ढुङगाना विरुद्ध उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यही वडामा काँग्रेसका अमलेश कर्णले पनि स्वतन्त्र भई मनोनयन दर्ता गराउनु भएको छ । वडा नम्बर ७ मा काँग्रेसका कल्याण लामिछानेले सदस्य पदमा मनोनयन दर्ता गराउनु भयो । उहाँले भन्नुभयो,‘मेरो जित्ने आधार हुँदाहुँदै पनि टिकट दिएनन त्यसैले स्वतन्त्र नै उठ्ने निर्णय गरे ।’ लामिछाने समर्थकहरुको ठूलो समूह लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरेन्द्र सभागृह पुग्नु भएको थियो ।
वडा नम्बर ८ मा एमालेका खगेन्द्र पोखरेलले वडाअध्यक्षमा स्वतन्त्र दर्ता गराएका छन । वडा नम्बर १२ को वडाअध्यक्षमा काँग्रेसका भीमबहादुर केसीले स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नु भएको छ ।पार्टीले टिकट नदिएका उम्मेदवारहरु पनि निकै धेरै समर्थक लिएर बाजागाजासहित मनोनयन दर्ता गर्न पुग्नु भएको थियो ।
जिल्ला निर्वाचन कार्यलय मोरङका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलका अनुसार विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा १४, उपमेयरमा ११ र वार्ड अध्यक्ष तथा सदस्यहरुमा ६ सय ४३ जनाको उम्मेदवारी परेको छ । मेयरमा नेपाली काँग्रेसबाट भीम पराजुली, एमालेबाट विनोद ढकाल, संघिय समाजवादी फोरमबाट उमेश यादव, राप्रपाबाट प्रल्हाद शाह, नेकपा मालेबाट लिलो राजवंशी, चुरे भावर एकता पार्टीबाट घनश्याम टण्डन, नेपाल समावेशी पार्टीबाट गोपालप्रसाद गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्रबाट मेयरमा राजकुमार कार्की, पुष्पनारायण प्रधान, जगतप्रसाद अज्र्याल, ताराबहादुर तामांग, गणेशराज विष्ट, सन्तोष सरकार, र शिव पराजुलीले उम्मेदवारी दर्ता गराउनु भएको छ । मेयरमा नेकपा एमाले र उपमेयरमा फोरम लोकतान्त्रिकवीच तालमेल भएर उम्मेदवारी दर्ता भएको छ ।
0 Comments