काठमाडौ, जेठ ।
सभामुख ओनसरी घर्तीले कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गर्दा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली संसदबाट बाहिरिइसकेका थिए । सामान्यतः प्रधानमन्त्री निर्वाचित भएपछि विपक्षी दलको नेताले बधाइ दिएर निस्कने प्रचलन छ । तर, केपी ओली अन्तिम घोषणासम्म बसेनन् । र, उनी देउवालाई बधाइ नदिई संसद छाडेर हिँडे ।
प्रधानमन्त्रीको निर्वाचनमा देउवाको विपक्षमा मतदान गरेर केहीबेर संसदको बैठक कक्षमा देखिएका ओली अन्तिम परिणाम घोषणा नहुँदै बाहिरिएका थिए । देउवालाई एमालेका तर्फबाट बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधव नेपालका साथै वामदेव गौतम, भीम रावल लगायतले बधाइ दिए । तर अध्यक्ष ओलीले सामान्य राजनीतिक संस्कार समेत देखाएनन् । मानौ कि उनी अर्के ग्रहका जिव हुन् ।
0 Comments