- वशन्तप्रकाश उपाध्याय
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको ११ औं दिन वित्दा पनि प्रधानमन्त्री निवास बालुवाटार सर्नु भएको छैन ।
प्रधानमन्त्री भए लगत्तै राजनीति दायित्ववोधमा सवेरैदेखि साँझसम्म वेफुर्सद रहेर उहाँका दिन वितेका छन् । जटिल राजनीतिक अवस्था र दलहरुका पेचिला अडान मिलाउन प्रधानमन्त्री देउवाको सक्रियता यत्रतत्र देख्न सकिन्छ ।
७१ औं वर्ष प्रवेशसँगै चारपटक प्रधानमन्त्री बन्नु भएका कांग्रेस सभापति देउवाको यो कालखण्ड धेरै अर्थमा चुनौतीपूर्ण छ । आफ्नो राजीतिको ५० वर्षे यात्रामा धेरै किसिमका उचारचढाव र उहापोह भोग्नुभएका देउवामाथि धेरै भरोसा गर्नेसँगै केही संशय पाल्नेहरु छन् । नेपाली राजनीतिको पछिल्लो परिदृश्यमा देउवा जति शक्तिशाली अवस्थामा हुनुहुन्छ उत्तिकै उहाँमाथि ‘ओसिलो’ दृष्टिकोण समेत देखाइएको छ ।
वास्तवमा वर्तमान र भावी दिनहरुको कार्यसम्पादन नहेरिकन विगत कोट्टयाएर कैयौं सन्दर्भ र प्रसंगलाई ‘विवादस्पद’ बनाइने प्रचलन हामीबचि छ । नेपाली राजनीतिले मात्रै नभएर कैयौं विषय र प्रसंगमा हिजोको कुरा सतही तवरबाट उठान गरेर कैयौंले ‘कुरा’ काट्ने गरेका छन् । सम्मानित पदमा बसेर अबकाश पाए लगत्तै व्यक्ति विशेषले गर्ने टिप्पणीदेखि हिजोको देउवा–क्याविनेटमा रहेको बताउँदै अनुभूति सार्वजनिक गर्ने केही पूर्व–झण्डावालहरुको जे÷जति भनाइ सार्वजनिक गरेका छन् त्यसमाथि केही मन्थन हुनैपर्छ ।
सरकार निर्माण र सत्ता सञ्चालनका क्रममा दलहरुबीच आ–आफ्ना खालका न्यूनतम साझा समझदारी बनाइन्छ । दलहरुले आ–आफ्ना प्रतिनिधि आ–आफ्नै हिसाबले पठाउँछन् । अन्तरमन्त्रालय सञ्चालनदेखि राजनीतिक नियुक्तिक्रममा सत्तारुढ दलहरुबीच भागवण्डा हुन्छ । यसक्रममा हिजो सहमति गरेर ल्याप्चे लगाउने र अहिले तिनै प्रसंग उठान गरेर कुरोलाई ‘हंगामा’ बनाइनु न्यायिक हुँदैन । प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीसँग असहमति गरेर कसैले हिजो मन्त्री पद छाडेको देखिएन । हो, हिजो असहमतिमा पदत्याग नगर्ने अहिले चाहि त्यसैको अपजसको भारी कसैलाई बोकाउने काम सर्वथा ‘द्वैध’ र ‘दिगम्वर’ प्रवृत्ति हो ।
हामी सबैलाई थाहा छ मुलुकमा कार्यपालिका, न्यायपालिकादेखि व्यवस्थापिकाहरुको आ–आफ्नै कार्यक्षेत्र र अधिकार छन् । तीन निकायको स्थापना र कार्यभार राज्य सञ्चालनको मेरुदण्डका हिसावमा तय भएका हुन् । देखिएकै छ यी निकाय मिल्दा मुलुकमा अपेक्षित काम समयमा भएका छन् । यी निकायका ‘मुखिया’हरु नमिल्दा र उनीहरुले अतिशयोक्ति–मनोदशा देखाउँदा समस्या सुल्झनुको सट्टा झन्–बल्झन पुगेको छ ।
प्रष्ट छ मुलुकमा केही ‘कुरो’ लुकेको छैन । राजनीतिको तातो हावाले रामशाह पथ मात्रै ग्रसित छैन अपितु मौका परस्त कैयौं कालो–कोटहरु पार्टीका मुख्यालयको ह्याङ्गरमा टाँग्ने गरिएको छ । देखिएको र सुनिएको छ जहीतहीं । अरु त अरु संसदीय सुनुवाइको बेला श्रीमान्हरु विद्यार्थीकालको राजनीतिक कुरा गरेर ‘साखुल्ले’ बन्ने गर्छन् । आफू अनुमोदित हुन सुनुवाई गर्नेहरुको सन्निकट ठहरिन्छन् । न्यायाधीश छान्ने ‘न्यायपरिषद्’ कसरी गठन हुन्छ ? मन्त्रीदेखि महाप्रवन्धक र राजदूतदेखि आईजीपी बनाउने कार्यभार कसको हो ? यी सबै तथ्य एवं पक्षहरु नबुझिकन वा बुझेर बुझ पचाइँदा धेरै चीज विवादस्पद हुन पुगेको छ ।
खासगरी वर्तमान संविधान निर्माण भएर जारी गरेसँगै मुलुकको राजनीतिक परिदृश्यमा धेरै किसिमको उतारचढाव आयो । संयोगले आ–आफ्ना पार्टीका प्रमुख र प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खड्गप्रसाद ओलीपछि शेरबहादुर देउवाको तुलनामा बाबुराम भट्टराई माधव नेपाल र झलनाथ खनाल केही कमजोर र सुस्त देखिए । वास्तवमा पार्टी प्रमुख प्रधानमन्त्री नहुँदा धेरै किसिमका कार्यसम्पादनमा अनेकन् खालका समस्या सिर्जित हुँदा रहेछन् । कहिले पार्टी पंक्तिको ‘खतरा’ मोलेर, कुनै क्षण प्रधानमन्त्रीको ‘प्राथमिकता’ बोकेर कैयौं निर्णयमा पुग्नुपर्ने हुन्छ । यस अर्थमा अब संविधान कार्यान्वयनको महत्वपूर्ण कडी पूरा गर्ने ठाउँमा हुनुहुन्छ प्रधानमन्त्री देउवा । यसैकारण उहाँमाथि सबैको ‘ध्यानाकर्षण’ हुनु नौलो होइन ।
वास्तवमा देउवा के– कस्ता छन् ? उहाँको सोच, शैली र सिद्धान्तभन्दा पर बसेर हुने र गरिने मन्थनमा ‘चुरो’ कम र ‘कुरो’ धेरै देखिन्छ । देउवा जन्मेको परिवेश र उहाँले गरेको संघर्ष बिर्सेर धेरै कुरा हुन्छन् । औसत नेपाली नागरिकको पृष्ठभूमिबाट आजको चिनारीमा पुग्न उहाँले कति हण्डर खानुभयो ? त्यसको मर्म र मान्यता भुलेर धेरै कुरा गरिन्छ । खासगरी प्रतिपक्षी मानसिकता देउवासँग ‘थर्कमान’ हुन्छन् र छन् । त्यसो हुनुको केही कारण छन् । पहिलो उहाँ सबैभन्दा ठूलो विशिष्टिकृत पार्टीको निर्वाचित सभापति हुनुहुन्छ, अर्को देउवासँग सबैलाई समेटेर काम गर्ने क्षमता छ । डडेल्धुरादेखि कैलालीको विविधता र बीपीदेखि जीपीसम्मका सानिध्यतामा उहाँले विरोधीको ‘चाल–माथ’ गर्न जान्नुभएको छ । सिंहदरवार र बालुवाटारलाई भलीभाँती राम्ररी बुझेका कारण देउवासँग यसैकारण तर्सने र उतर्सिनेको कमी छैन ।
कर्णाली, दलित, महिला, जनजाति, मधेसी (कदमजम) दृष्टिकोणका अभियन्तादेखि मुक्त कमैयाका उन्नायक अनि विकास निर्माण सेना बनाउने दृष्टिकोणका संवाहक देउवासँग धेरै किसिमले थुप्रै खालका ‘भय’ पाल्नेहरु छन् । कोही पूर्वाग्रहले प्ररित भएर, कोही प्रतिशोधले गाँजिएर त कोही लघुताभाषले थिचिएर तिललाई पहाड बनाउँछन् । कालोलाई सेतो स्वरुपमा व्याख्या गर्छन् ।
नेपाली कांग्रेसभित्र चार कोइराला र एक किसुनजीपछि प्रधानमन्त्री र पार्टी सभापतिको पदमा पुग्ने देउवा मात्रै एक दुर्लभ– उदाहरणमा हुनुहुन्छ । मुलुकको भौगोलिक विविधताबीच सुदूरपश्चिमको डडेल्धुरा र अझ असीग्राम–रुवाखोलाको दारुण परिवेश चिरेर स्थापित हुने उहाँ ‘भूतो न भविष्यति’को नायक लाग्नुहुन्छ । लवजको थोरै–अस्पष्टतामा जतिसुकै व्यङ्ग्य कसुन् विरोधीहरुले । अडान र कार्यसम्पादनमा ‘चट्टानी–मर्म’ बोक्नुहुन्छ उहाँ । यसैकारण हायलकायल छन्– कैयौं । र, उठाइरहेका छन् लुघुताभासले विगतका अप्रासंगिक कुरा ।
एउटा सत्य हो– राजनीतिक प्रणलीको । त्यो हो– पार्टी र यसको आदर्शभन्दा माथि ‘व्यक्ति’ हुँदैन । त्यस अर्थमा नेपाली कांग्रेस पार्टी र यसको प्रजातान्त्रिक–समाजवादको आदर्शमा हुर्कनु भएका देउवामाथि अरु निरर्थकको बहस गर्नु जरुरी छैन । अन्तरपार्टी संघर्षमा प्रधानमन्त्री हुँदा साधारण सदस्यबाट ‘वर्खास्त’ हुनुसँगै शाही साम्राज्यमा ‘अपदस्तता’ वेहोर्नुको पीडाले नै प्रष्टयाइरहेको देखिन्छ– देउवाको निष्ठा र समर्पणलाई । स–साना र झिनामसिना सम्झौताभन्दा परिवर्तनकामी हाइभोल्टेजको यात्रामा लागेर नै उहाँले भोग्नु परेको हो अनगिन्ती दुःखका करेण्टहरु ।
एउटा सानो र सुखी परिवार छ– देउवाको । परिवारवादको महत्वकांक्षा भन्दा पर बसेर उहाँ पार्टी पद्धतिमा सबै अटाउने छहारी–लचकताको सत्प्रयत्न गर्दै हुनुहुन्छ । पहिलो चरणको स्थानीय चुनावको अनुभवबाट दोस्रो चरणसम्मुख पुग्दा देउवाले ‘जित–सूत्र’मा काखा–पाखा गर्नु भएन । अपेक्षा राख्ने धेरै भएपछि टिकट नपाउनेको मन थोरै अँध्यारो हुन्छ । यही बुझेर हुनुपर्छ–देउवाले सबैलाई ‘उज्यालो’ पार्ने सूत्रमा भन्नुभयो– ‘तिमीहरु ‘मुख’ होइन ‘रुख’ हेर ।’
वास्तवमा लामो संघर्ष र कठिनतम् यात्राबीच यतिखेर पार्टी पंक्तिमा मात्रै नभएर समग्र मुलुकका लागि देउवा ‘केही–दिने’ ठाउँमा हुनुहुन्छ । भनिन्छ– हारहरुमा ‘हाँस्न’ नजान्नेले जीतमा पनि ‘रुञ्चे–स्वरुप’ देखाउँछ । विगतमा देउवा हारहरुबीच सधैँ हाँसेको विम्व हो । अहिले दिने र मिलाउने ठाउँमा उहाँ हुनुहुन्छ । ठ्याक्कै मन्दिर जस्तो बनाइनुपर्छ पार्टी पद्धति । चन्दन हुँदा चन्दन बाँडेर सबैले लगाउने । मालपुवा भए बाँडेर खाने । तर कसैले चन्दन लगाउने, मालपुवा घर लग्ने र अरुलाई चाहिँ निधार थाप्दा रातो टीका पनि नदिने मनोवृत्तिको अन्त्य गरिनुपर्छ ।
हार–जितको लामो श्रृंखलामा ‘विजेता’ देउवासँग सबैको आशा र भरोसा हुनु स्वभाविक हो । अन्तरपार्टी समस्याका ‘गनगने’ कुरा हटाउँदै देउवाले पछिल्लो स्थितिमा आएर पार्टी पंक्तिमा ‘सद्भाव–सञ्चार’ गराउनुभएको छ । नामथरले पौडेल वा सिटौला अथवा प्रकाशमान र खुमबहादुरका हिसाबले स्वार्थको ‘तम्वु’ गाड्ने प्रचलन माथि देउवाले दनक दिन सक्नुपर्छ । सानेपाको सादृश्य सत्य– बीपी स्मृति भवन हो । र, समग्र कांग्रेस र उनीहरुको आदर्श बीपी हुन् भने सम्बन्धलाई उनीहरुले त्यही मर्ममा हुर्काउनुपर्छ ।
प्रधानमन्त्री भएको दिन पार्टीका संस्थापक नेताहरुको तस्वीरमा माल्यार्पण–समर्पण गरेर देउवाले छुट्टै–छनक देखाइसक्नु भएको छ । अनि प्रधानमन्त्रीको कुर्चीमा बस्नासाथ ‘शब्दकोश’को निरन्तरतामा धेरै सिक्ने उत्साह–उमंग प्रदर्शित गर्नुभएको छ । भादगाउँले टोपीमा शालीन–संस्कार प्रदर्शित गर्दै अप्ठ्याराहरु झेल्न तम्तयार हुनुभएको देखिएको छ । गोरखापत्र दैनिकबाट साभार ।

0 Comments